सामाजिक सञ्जालमा राखिने विज्ञापनहरुमार्फत महंगा सामाग्री नकिन्न प्रहरीको अनुरोध

Technology Khabar २२ असार २०७७, सोमबार

सामाजिक सञ्जालमा राखिने विज्ञापनहरुमार्फत महंगा सामाग्री नकिन्न प्रहरीको अनुरोध

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुक पेजहरु तथा विभिन्न ग्रुपमा सस्तो मूल्यमा बिक्रीमा राखिने महँगा सामानहरू नकिन्नका लागि प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।

महानगरीय अपराध महाशाखा टेकुले एक सार्वजनिक सूचना जारी गर्दै ‘आईफोन वनप्लस लगायत अन्य ब्राण्डका मोबाईल, घडी तथा अन्य महङ्गो मुल्यका सामानहरु अत्यन्त सस्तो मुल्यमा बिक्रिमा छ। स्टक लिमिटेड छ भनि विज्ञापन गरि ग्राहकहरुलाई पैसा जम्मा गर्न विभिन्न बैंकका खाताहरु उपलब्ध गराउने तथा आईएमई गर्न भन्ने र खातामा पैसा जम्मा भए पश्चात अर्डर गरेको समान डेलिभरी नगरी ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएकोले त्यस्ता सामान खरिद नगर्न’ भनेको हो ।

पिडितहरुको जाहेरीको आधारमा बिभिन्न बैंकका खाताहरुमा पैसा जम्मा गराउने केहि खाता बाहकहरुलाई पक्राउ गरी अनुसन्धान तथा कारवाही भैरहेको भन्दै प्रहरीले त्यस्ता ठगहरुको प्रलोभनमा नपर्न तथा बजार मुल्य भन्दा सुपथ मुल्यमा सामान पाईने भन्दैमा बिभिन्न फेसबुक लगायतका पेजमा प्रकाशित फर्जी बिज्ञापनको प्रलोभनमा नपर्न भनेको हो ।

त्यसरी सामान खरिद गनर्का लागि पैसाको कारोवार गरि सामान अर्डर गरेमा ठगिमा परिने प्रहरीले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: २२ असार २०७७, सोमबार

ताजा समाचार