चिनियाँ एप टिकटक भारतमा प्रतिबन्धित हुँदा स्थानिय भिडियो सेयरिङ्ग एप ‘रोपोसो’ फाईदामा

Technology Khabar १९ असार २०७७, शुक्रबार

चिनियाँ एप टिकटक भारतमा प्रतिबन्धित हुँदा स्थानिय भिडियो सेयरिङ्ग एप ‘रोपोसो’ फाईदामा

काठमाडौं ।

भारतीय टेक र मनोरन्जन कम्पनीहरूले चिनियाँ स्वामित्वका एपहरूमा सरकारी प्रतिबन्धको कारण अचानक हुने अवसरहरूको फाइदा उठाउन खोजिरहेका छन् ।

जसमा भारतका प्रयोगकर्ताहरु माझ अत्यधिक रूपमा लोकप्रिय टिकटकको एक प्रतिद्वन्द्वी छोटो भिडियो सेयरिङ्ग एपले पछिल्लो ४८ घण्टामा २ करोड २० लाख प्रयोगकर्ता थप गरेको बताएको छ ।

भारतले चीनसँगको सिमा विवादपछि ५९ वटा चिनियाँ एप्समा प्रतिबन्ध लगाएको छ । जसमा कयौं लोकप्रिय एप्सहरु समेत छन् ।

एक सरल प्रयोगकर्ता इन्टरफेस, ब्याकग्राउण्ड संगीत विकल्पहरू र बिभिन्न विशेष प्रभावहरू भएको टिकटक, २० करोड भन्दा बढि भारतीय प्रयोगकर्ताहरूको साथमा भारतको सामाजिक मिडिया दृश्यमा एक बढ्दो शक्ति थियो । तर हालको प्रतिबन्धले यसको प्रयोगकर्ताहरुलाई विकल्पहरू छनौट गर्नुपरेको छ।

रोयटर्सकाअनुसार २०१४ देखि नै टिकटक जस्तै भारतीय भिडियो साझेदारी गर्ने सोशल मीडिया एप ‘रोपोसो’ले भारतको चिनियाँ अनुप्रयोगहरूमा प्रतिबन्ध लगाएको दुई दिनपछि यसको प्रयोगकर्ता आधार २ करोड २० लाखले वृद्धि भएको कम्पनीका संस्थापक मयंक भंगडियाले बताए ।

गुगलको एन्ड्रोइडमा रोपोसोको डाउनलोडहरू अब कुल ८ करोड भन्दा बढि छ, र भंगडियाले केहि दिनमा नै यो संख्या १० करोड पुग्ने अपेक्षा गरेका छन् ।

चिनियाँ एप्समा प्रतिबन्धको अघि रोपसो एप एन्ड्रोइड डिभाइसमा करीब ५ करोड इन्स्टल भएको थियो । जुन भारतको लगभग २० करोड स्मार्टफोन प्रयोगकर्ताहरुको एक ठूलो हिस्सा हो।

यस बाहेक भारतीय एप्स चिंगारी र माइट्रोन जस्ता टिकटकका विकल्पहरूले पनि प्रयोगकर्ताहरूको साथ खोजी गरिरहेका छन् ।

यो पनि हेर्नुस्-

टिकटक भारतमा प्रतिबन्धित हुँदा मुख्य कम्पनी बाइटडान्सले ६ अर्ब डलर गुमाउने

easy care

प्रकाशित: १९ असार २०७७, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार