टिकटक भारतमा प्रतिबन्धित हुँदा मुख्य कम्पनी बाइटडान्सले ६ अर्ब डलर गुमाउने

Technology Khabar १८ असार २०७७, बिहीबार

टिकटक भारतमा प्रतिबन्धित हुँदा मुख्य कम्पनी बाइटडान्सले ६ अर्ब डलर गुमाउने

काठमाडौं ।

सिमामा दुबै देशका सैनिकहरुबिच हिंसात्मक झडपपछि भारत र चीन बीच तनाव चरम बिन्दुमा छ। भारतले हालसालै चीनमा आधारित ५९ वटा एप्सलाई प्रतिबन्धित गरेको छ।

यसले दुबै देशहरुबिच व्यापार युद्ध शुरु गरेको छ ।

यसैबिच भारतमा प्रतिबन्धित भएपछि टिकटकको मूल कम्पनी बाइटडान्स लिमिटेडले अरबौं डलर गुमाउन सक्ने अनुमान गरिएको छ ।

चिनियाँ अखबार ग्लोबल टाइम्सकाअनुसार चिनियाँ इन्टरनेट कम्पनी बाइडान्सले गत महिना लद्दाखमा वास्तविक नियन्त्रण रेखामा भएको हिंसात्मक झडपपछि भारतले चीनका ५९ अनुप्रयोगहरू प्रतिबन्धित गरेको कारण ६ अर्ब डलर बराबरको क्षति भोग्न सक्ने उल्लेख गरेको छ ।

रिपोर्टमा स्रोतको भनाईअनुसार सो क्षति अनुमान गरिएको हो ।

यसअघि कम्पनीले भारतीय बजारमा १ अर्ब डलर भन्दा बढी लगानी गरेको थियो, र यो प्रतिबन्धले बाइटडान्सको व्यवसायलाई त्यहाँ रोक्न सक्नेछ, जसमा अधिकतम ६ अर्ब डलर घाटा हुनसक्नेछ । यो घाटा अन्य सबै संयुक्त एप्सको सम्भावित घाटालाई जोड्ने हो भने त्यो भन्दा बढी हुनेछ।

टिकटक बाइटडान्स अन्तर्गतको शर्ट भिडियो सेयर गर्ने प्लेटफर्म हो, र हेलो एक सामाजिक मिडिया प्लेटफर्म हो जुन भारतीय बजारको लागि कम्पनीले जारी गरेको हो। यसका साथै प्रतिबन्धको सूचीमा भीगो भनिने अर्को एप पनि बाइटडान्सको नै हो ।

कम्पनीले भारतमा २ हजार भन्दा बढी रोजगार प्रदान गरेको बताईएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १८ असार २०७७, बिहीबार

ताजा समाचार