राष्ट्रिय सूचना केन्द्रले तयार पारेको सरकारी भिडियो कन्फ्रेन्सिङ्ग टूल प्रयोग गर्न सांसदको माग

Technology Khabar ९ असार २०७७, मंगलवार

राष्ट्रिय सूचना केन्द्रले तयार पारेको सरकारी भिडियो कन्फ्रेन्सिङ्ग टूल प्रयोग गर्न सांसदको माग

काठमाडौं ।

भिडियो कन्फ्रेन्सिङ्ग टूल जूम असुरक्षित रहेको भन्दै सांसदले सरकारी भिडियो कन्फ्रेन्सिङ्ग टूल प्रयोग गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको शुन्य समयमा सांसद कोमल वलीले सरकारी भिडियो कन्फ्रेन्सिङ्ग टूल प्रयोग गर्न सुझाब दिएकी हुन् ।

अहिले डिजिटल वल्र्डमा सक्रिय रहेको र सरकारको आफ्नै भिडियो कन्फ्रेन्सिङ्ग टूल रहेको भन्दै उनले जूम किन प्रयोग गर्ने भन्ने प्रश्न गरेकी हुन् ।
जूम लगायतका विभिन्न सफ्टवेयरका सुरक्षामा प्रश्न उठेको उनले बताईन।

‘राष्ट्रिय सूचना केन्द्रले आफ्नै सोर्स कोड मार्फत भिडियो कन्फ्रेन्सिङ्ग टूल पनि तयार छ भने आफ्नै सफ्टवेयर भएको बेलामा सरकारी भिडियो कन्फ्रेन्सिङ्ग सफ्टवेयर नै प्रयोग गर्नुपर्दछ,’ उनले भनिन् ।

सांसद ओलीले सो सफ्टवेयरमार्फत २५० जनासम्मले भिडियो कन्फ्रेन्स गर्न सकिने र सरकारी क्लाउड नै प्रयोग गर्न ध्यानाकर्षण गराएकी हुन् ।

यो पनि हेर्नुस्-

पर्यटन मन्त्री सहभागी भएको जूम मिटिङ्गमा ‘जूमबम्बिङ्ग’, ह्याकरले देखायो ‘पोर्न भिडियो’

easy care

प्रकाशित: ९ असार २०७७, मंगलवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार