पर्यटन मन्त्री सहभागी भएको जूम मिटिङ्गमा ‘जूमबम्बिङ्ग’, ह्याकरले देखायो ‘पोर्न भिडियो’

Technology Khabar ८ असार २०७७, सोमबार

पर्यटन मन्त्री सहभागी भएको जूम मिटिङ्गमा ‘जूमबम्बिङ्ग’, ह्याकरले देखायो ‘पोर्न भिडियो’

काठमाडौं ।

पर्यटन मन्त्री योगेश भट्टराई सहभागी भएको जूम मिटिङ्गमा ‘जूम बम्बिङ्ग’ भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) महामारी पछिको समयमा पर्यटन संचालन गर्ने बारेमा तयार पारेको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टरको लोकापर्णका लागि आयोजना गरेको जूम मिटिङमा ह्याकरले अश्लील भिडियो देखाएको हो।

अश्लिल भिडियो पर्यटन मन्त्री योगेश भट्टराईले प्रोटोकल सार्वजनिक गर्न बोल्दै गरेको समयमा आएको थियो।

नेपाल पर्यटन बोर्डले होस्ट गरेको सो जूम मिटिङमा पर्यटन क्षेत्रका विज्ञ, पर्यटन व्यवसायी तथा मिडियाकर्मी गरेर २५० भन्दा बढी सहभागी थिए ।

जूम मिटिङ दिउँसो १ बजेबाट शुरु भएको थियो । अश्लील भिडियो प्लेटफर्ममा देखिएपछि जूम मिटिङ नै रद्द भएको थियो ।

जूम मिटिङ्गमा आमन्त्रित भन्दा बाहिरका मानिसहरु आएर गलत गतिबिधि गर्ने कार्यलाई जूम बम्बिङ्ग भनिन्छ । विश्वभर यस्तो घट्नाहरु निकै भएको समाचारहरु आईरहेका छन् । नेपालमा पनि यसअघि सार्वजनिक जूम मिटिङ्गमा जूम बम्बिङ्ग भएका थिए ।

बोर्डले सो विषयमा आवश्यक अनुसन्धान भइरहेको पनि जानकारी दिएको छ।

यो पनि हेर्नुस्-

महिला बन प्राविधिक सञ्जालको जूम वेबनारमा जूमबम्बिङ्ग

easy care

प्रकाशित: ८ असार २०७७, सोमबार