सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक, सामसङका उत्पादनहरु सिधै खरिद गर्न सकिने

Technology Khabar ८ असार २०७७, सोमबार

सामसङ प्लाजाद्वारा नयाँ वेबसाइट सार्वजनिक, सामसङका उत्पादनहरु सिधै खरिद गर्न सकिने

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेजका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ।

यो नयाँ वेबसाइटमा सामसङका उत्पादनहरुको विशेषताहरु र मुल्यहरु राखिएको छ जसले ग्राहकहरुलाई आवश्यक उत्पादनहरु कार्टमा राखेर खरिद गर्न सक्ने सुविधा प्रदान गर्ने कम्पनीले जानकारी दिएकोछ।

लकडाउनको बीचमा सामसङ प्लाजाको नयाँ वेबसाइट आफ्नो घरको सुरक्षित वातावरणमा बसेर सामसङका उत्पादनहरु खरिद गर्न इच्छुक ग्राहकहरुका लागि समाधानको रुपमा आएको छ । यसका साथै उनीहरुले सर्भिससंग सम्बन्धित जिज्ञासाहरु पनि राख्न सक्दछन् ।

सामसङ प्लाजामा विभिन्न मुल्य दायराका सामसङका उत्पादनहरु- एलईडी टिभी, रेफ्रजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु रहेका छन् । सामसङ प्लाजा नेपालका विभिन्न स्थानहरुमा अवस्थित रहेको कम्पनीले जनाएको छ ।

हिम इलेक्ट्रोनिक्स प्रा.लि.की निर्देशक सीमा गोल्छाले भनिन्, ‘बजारमा हाम्रो उपस्थीतिलाई अझ बलियो बनाउन र स्ट्रिमलाइन पहिचानका साथ आउँदो वर्षहरुमा फस्टाउँदै जान अर्को कदमको रुपमा हामीले नयाँ वेबसाइट सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । हाम्रो हालै शुरुवात गरिएको वेबसाइटमार्फत ग्राहकहरुलाई आफ्नै घरको सुविधा र सुरक्षामा रहेर सामसङ उत्पादनहरु खरिदको नयाँ अनुभव प्रदान गर्दै उनीहरुको सेवाका लागि तत्पर छौं ।’

easy care

प्रकाशित: ८ असार २०७७, सोमबार