क्यान महासंघले भन्यो- कर बुझाउन लकडाउन खुलेको मितिले ३५ दिनको म्याद देऊ

Technology Khabar २१ जेष्ठ २०७७, बुधबार

क्यान महासंघले भन्यो- कर बुझाउन लकडाउन खुलेको मितिले ३५ दिनको म्याद देऊ
क्यान महासंघको मुख्य कार्यालय। फाइल तस्विर।

काठमाडौं ।

सूचना प्रविधि क्षेत्रमा कार्यरतहरुको छाता संगठन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले कर बिबरण एवं कर रकम बुझाउने म्याद थप गर्न माग गरेको छ ।

सो विषयमा क्यान महासंघले आजै अर्थ सचिवलाई निवेदन दिँदै लकडाउनको सकयमा अत्यावश्यक वस्तुको केही उद्योग व्यवसाय बाहेक सम्पूर्ण व्यापार व्यवसाय ठप्प रहेको भन्दै समय थप गर्न माग गरेको हो ।

क्यान महासंघले अत्यावश्यक सेवाको इन्टरनेट सेवा पनि सहज तरिकाले प्रवाह गर्न कठिन रहेको भन्दै सो निवेदन दिएको हो ।

लकडानका कारण सबै गतिबिधि ठप्प रहेको बेला अर्थ मन्त्रालयबाट जेठ २५ गतेभित्र कर बिबरण बुझाउन र राफसाफ गर्न सार्वजनिक सूचना जारी गर्नु समय सान्दर्भिक र व्यवहारीक नहुने क्यानले उल्लेख गरेको छ ।

कर बिबरण र कर रकम बुझाउने समय लकडाउन खुलेको मितिले ३५ दिनको म्याद दिन समेत निवेदनमा माग गरिएको छ ।

easy care

प्रकाशित: २१ जेष्ठ २०७७, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार