आगामी आर्थिक वर्षका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बजेट ७ अर्ब १३ करोड रुपैयाँ

Technology Khabar १५ जेष्ठ २०७७, बिहीबार

आगामी आर्थिक वर्षका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बजेट ७ अर्ब १३ करोड रुपैयाँ
फाइल

काठमाडौं ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको आगामी वर्षाका लागि बजेट वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा चालु आवको तुलनामा आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको बजेट बढाएका छन् ।

आगामी आवका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको बजेट ७ अर्ब १३ करोड ४२ लाख रुपैयाँ पुर्‍याइएको छ । यो रकम चालु आवको तुलनामा ७८ करोड रुपैयाँभन्दा बढी हो ।

चालु आर्थिक वर्षका लागि यस क्षेत्रमा ६ अर्ब ३५ करोड बजेट विनियोजन भएको छ ।

easy care

प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार