Technology Khabar १४ जेष्ठ २०७७, बुधबार
काठमाडौं ।
डाटा चोरी साइबर अपराधीहरूका लागि सामान्य जस्तै भएको छ । हालै आएको एउटा रिपोर्टकाअनुसार साइबर अपराधीले डार्क वेबमा करिब ५ करोड भारतीयको रेकर्ड बिक्री गरिरहेको छ ।
डार्क वेबमा ह्याकरहरुले भारु ७५ हजारमा नै कलहरुको बारेमा बिबरण उपलब्ध गराउने एप ट्रूकलरबाट प्राप्त गरेको दाबी गरेका छन।
साइबर इन्टेलिजेन्स कम्पनी साइबलले यस बारेमा सम्पूर्ण जानकारी दिएको छ । कम्पनीले ब्लगलाई भन्यो, “हाम्रा अन्वेषकहरूले एक प्रख्यात विक्रेतालाई चिनेका छन् जसले ४ करोड ७५ लाख भारतीय ट्रूकलर रेकर्ड केबल ७५ हजार भारुमा बेच्दैछन्। यो डाटा गत वर्ष हो । यसको लागि यति कम मूल्यको माग गरेकोमा हामी छक्क परेका थियौं।”
बिक्रीको लागि राखिएको डाटामा फोन नम्बर, महिला वा पुरुष प्रयोगकर्ता हो भन्ने जानकारी, शहर, मोबाइल नेटवर्क र फेसबुक आईडीको पूरा बिबरण रहेको छ।
अर्कोतर्फ, ट्रूकलरले त्यस्ता कुनै पनि डाटा चोरीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । कम्पनीका प्रवक्ताले भने- हाम्रो कम्पनीको नाम यो डाटा बेच्नका लागि यसकारण लिइएको छ ताकि यसले विश्वास निर्माण गर्न सक्दछ ।
उनले कम्पनीको सबै डाटा पूर्ण रूपमा सुरक्षित रहेको र आफ्नो प्रयोगकर्ताहरूको रेकर्डको सुरक्षाको बारेमा धेरै गम्भीर भएको बताएका छन् । गत बर्ष पनि त्यस्तै घटना प्रकाशमा आएको उनले बताए ।
त्यसैबेला साईबलले भने यिद यो डाटाहरु सहि भएको खण्डमा भने यसले भारतीय प्रयोगकर्ताहरुलाई ठूलो मात्रामा असर गर्न सक्नेछ । एजेन्सीका साथ
प्रकाशित: १४ जेष्ठ २०७७, बुधबार