सरकारले सबै नागरिकलाई परिचयपत्र उपलब्ध गराउने, सबै स्थानिय तहबाट अनलाइन सेवा पाईने

Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार

सरकारले सबै नागरिकलाई परिचयपत्र उपलब्ध गराउने, सबै स्थानिय तहबाट अनलाइन सेवा पाईने

काठमाडौं ।

सरकारले नागरिकका वैयक्तिक तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने भएको छ ।

आगामी ३ वर्षभित्रमा सबै नागरिकलाई पृथक नम्बरसहितको राष्ट्रिय परिचय पत्र बितरण गर्ने योजना सरकारले ल्याएको छ।

आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले सबैलाई राष्ट्रिय परिचयपत्र दिने घोषणा गरेको हो ।

सो प्रणालीमा राज्यबाट प्रवाह हुने सेवा सुविधालाई आबद्ध गरिनेछ भने आगामी ३ वर्ष भित्रमा नै स्थानिय तहका काम कारबाहीलाई अनलाइन प्रणालीमा लगेर व्यक्तिगत घट्ना दर्ता गर्न सकिने योग्य बनाउने भएको छ ।

त्यस्तै विद्युतिय राहदानीलाई कार्यान्वयन गरिने योजना सरकारले लिएको छ ।

easy care

प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार

ताजा समाचार