ह्वाट्सएपमा एकैपटक ५० जना भिडियो कलमा सहभागी हुन सक्ने फीचर आउँदै

Technology Khabar २८ बैशाख २०७७, आईतवार

ह्वाट्सएपमा एकैपटक ५० जना भिडियो कलमा सहभागी हुन सक्ने फीचर आउँदै

ह्वाट्सएपले चाँडै नै यस्तो सुविधा ल्याउन काम गरिरहेको छ जसले भिडियो कलिङ्गको अनुभवलाई पूर्णरूपमा परिवर्तन गर्नेछ।

वास्तवमा ह्वाट्सएपमा मेसेन्जर रुम्सको परीक्षण भइरहेको छ, जुन वेब संस्करणको लागि छिटै उपलब्ध गराइनेछ ।

डब्लूएबेटाइन्फोले ट्वीट गरेअनुसार आगामी दिनमा मेसेन्जर रुम्स कुनै पनि समय ह्वाट्सएप वेबमा उपलब्ध गराउन सक्नेछ । भन्दा मुनिको व्यक्ति एक साथ भिडियो कल गर्न सक्दछन् । यो फीचरका साथमा ह्वाट्सएपमा एक साथ ५० जनालाई भिडियो कल गर्न सकिन्छ ।

मेसेन्जर रुम्स एउटा यस्तो ठाउँ हो जहाँ प्राइभेट स्पेसमा लिंक साझेदारी गरेर भिडियो कलिंग गर्न सकिन्छ। फेसबुक प्रयोग नगर्नेहरूले पनि भिडियो कलमा सामेल हुन सक्नेछन् ।

फेसबुकले घोषणा गरेअनुसार ह्वाट्सएपमा एउटा सर्टकट दिइनेछ, जसको लागि एन्ड्रोइड बीटा संस्करण २.२०.१३९ को परीक्षण सुरू भईसकेको छ ।

यो चाँडै नै आईओएस एप्सको लागि पनि प्रस्तुत गरिने बताईएको छ, तर पहिले यसको सर्टकट ह्वाट्सएप वेबको लागि उपलब्ध गराइनेछ । WABeatinfo ले यो फिचर कस्तो देखिन्छ र यसले कसरी काम गर्दछ देखाउनको लागि एउटा स्क्रीनशट पनि शेयर गरेको छ ।

ह्वाट्सएप वेबमा यस मेसेन्जर रुम्स सर्टकट एट्याचको साथ अप्सनमा राखिएको छ । यो फीचर रोलआउट भएपछि, यहाँ प्रयोगकर्ताहरूले ईमेज, कन्ट्याक्ट जस्ता अप्सनका साथसाथै सबैभन्दा तल मेसेन्जर रुम्सको  अप्सन पाउनेछन् ।

यो हाल सुविधा डेभलपमेन्ट स्टेजमा छ र यसको रिलीज मितिको बारेमा कुनै जानकारी छैन । एजेन्सी

प्रकाशित: २८ बैशाख २०७७, आईतवार

Comments are closed.

Loading...