सूचना तथा संचार प्रविधिका २२९ वटा संस्थाका व्यवस्थापनमा महिला नेतृत्व, सबै संस्थाहरु नाफामा

Technology Khabar २५ बैशाख २०७७, बिहीबार

सूचना तथा संचार प्रविधिका २२९ वटा संस्थाका व्यवस्थापनमा महिला नेतृत्व, सबै संस्थाहरु नाफामा

काठमाडौं ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा महिलाहरुले मात्र नेतृत्व गरेको संस्था २२९ वटा रहेको छ । हालै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ को दोस्रो श्रृंखलाको प्रतिवेदनले महिलाले नेतृत्व गरेको संस्थाहरु २२९ वटा रहेको देखाएको हो ।

सो क्षेत्रमा कुल ३ हजार १६७ जना महिलाहरुले नेतृत्व प्रदान गरिरहेका छन्

गएको मंगलबार सार्वजनिक गरिएको सो प्रतिवेदनअनुसार सूचना तथा संचार प्रविधि क्षेत्रमा महिलाहरुले नेतृत्व गरेको २२९ वटा संस्थाहरुले प्रति संस्था ९३ करोड ३ लाख ४२ हजार रुपैयाँ बराबरको वार्षिक बिक्री गर्न सफल भएका छन् ।

त्यसैगरि प्रतिवेदनअनुसार ७७,१५१,००० रुपैयाँ उनीहरुको प्रति संस्था वार्षिक खर्च रहेको देखिएको छ । भने प्रति संस्था १६,१९१,००० रुपैयाँ नाफा आर्जन गरेका छन्।

महिलाहरुले नेतृत्व गरेको संस्थाहरुले वार्षिक कुल २१,३७५,००० रुपैयाँको आम्दानी गर्न सफल भएको छ भने १७,६६८,००० रुपैयाँ बराबरको खर्च गरेको देखिएको छ । महिला व्यवस्थापक भएको सूचना तथा संचार प्रविधि संस्थाहरुले वार्षिकरुपमा ३,७०८,००० रुपैयाँ नाफा आर्जन गरेका छन् ।

प्रतिवेदनअनुसार मासिकरुपमा हेर्दा भने महिला म्यानेजर भएको सूचना तथा संचार प्रविधि संस्थाले समग्र उद्योगमा १,७८१,००० रुपैयाँ बिक्री गरेका छन भने सोहि अवधिमा १,४७२,००० रुपैयाँ खर्च गरेका छन् । त्यसैगरि मासिकरुपमा समग्र उद्योगले ३,०९,००० रुपैयाँ नाफा कमाएको छ।

easy care

प्रकाशित: २५ बैशाख २०७७, बिहीबार