भारतमा आजदेखि ई-कमर्शमार्फत मोबाइल लगायत ईलेक्ट्रोनिक्स सामाग्री कारोबार गर्न सकिने

Technology Khabar २२ बैशाख २०७७, सोमबार

भारतमा आजदेखि ई-कमर्शमार्फत मोबाइल लगायत ईलेक्ट्रोनिक्स सामाग्री कारोबार गर्न सकिने

काठमाडौं ।

छिमेकी भारतमा कोरोनाभाइरसको महामारीसँगै आगामी मे १७ तारिखसम्म लकडाउन बढाईएको छ । लकडाउन बढाएसँगै भारतीय सरकारले विभिन्न स्थानहरुलाई तीन भागमा वर्गिकरण गरेको छ ।

जसअनुसार ई-कमर्श कम्पनीहरुले ईलेक्ट्रोनिक्स सामाग्रीहरु बिक्री गर्न पाउनेछन्।

ई-कमर्श कम्पनीहरुले मे ४ तारिखदेखि अरेन्ज र ग्रीन जोनमा ल्यापटप, मोबाइल फोन, रेफ्रिजेरेटरलगायतका सामाग्रीहरु बिक्री गर्न सक्ने अनुमति दिईएको छ । यो अनुमतिसँगै भारका लाखौं साना र मध्यम स्तरका व्यवसायीहरुले पुन कारोबार गर्नसक्ने बताईएको छ ।

नयाँ नियमअनुसार रेड जोनमा भने ईकमर्श कम्पनीहरुले अत्यावश्यक बाहेकका सामाग्रीहरु बेच्नलाई रोक लगाईएको छ ।

दिल्ली, मुम्बईलगायत सबै प्रमुख शहरहरु रेड जोनमा समावेश गरिएका छन् । जहाँ कुनैपनि ई-कमर्श कम्पनीहरुले अत्यावश्यक सामाग्रीहरु बाहेक अन्य सामान बेच्न रोक लगाईएको छ ।

यसबारेमा अमेजन इण्डिया, फ्लिपकार्ट, स्न्यापडिललगायत ई-कमर्श कम्पनीहरुले सो अनुमतिलाई स्वागत गरेका छन् ।

यो निर्णयसँगै ग्राहकहरुले एयर कन्डिसनर, फ्रिज, गर्मीका कपडाहरु लगायतका सामाग्री किन्न पाउने बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: २२ बैशाख २०७७, सोमबार