लकडाउनका बिच भारतमा ई-कमर्श कम्पनीहरुलाई इलेक्ट्रोनिक्स उपकरणहरु बेच्न अनुमति

Technology Khabar ५ बैशाख २०७७, शुक्रबार

लकडाउनका बिच भारतमा ई-कमर्श कम्पनीहरुलाई इलेक्ट्रोनिक्स उपकरणहरु बेच्न अनुमति

काठमाडौं ।

भारत सरकारले कोरोनाभाइरसको महामारी रोक्न आगामी मे ३ तारिखसम्म भारतभर लकडाउन गरेको छ तर अब भने ई-कमर्श कम्पनीहरुलाई कामगर्ने अनुमति दिने भएको छ ।

हालै आएको रिपोर्टअनुसार ईकमर्श सेवालाई केहि शर्तहरुका साथ काम गर्न दिन लागेको हो ।

भारतमा रहेका अमेजन, फ्लिपकार्ट, स्न्यापडिललगायतका ईकमर्श कम्पनीहरुले आगामी अप्रिल २० देखि आफ्नो अनलाइन प्लेटफर्मबाट सेवा दिन पाउने भएका छन् । उनीहरुलाई आफ्नो प्लेटफर्मबाट मोबाइल फोन, ल्यापटप, टेलिभिजन जस्ता डिभाइसहरु खरिद गर्न पाउने सुविधा दिने निर्णय भारतीय सरकारले गरेको छ ।

भारतको गृह मन्त्रालयले हालै नयाँ गाइडलाइन जारी गर्दै इलेक्ट्रिोनिक्स सामाग्रीहरुको बिक्री अनलाइनमार्फत अप्रिल २० देखि गर्न दिने भएको हो । तर कम्पनीहरुले भने लकडाउनको अवधिभर स्थानिय अधिकारीहरुबाट गाडि संचालनको लागि अनुमति लिनुपर्नेछ ।

यसअघि पहिलो चरणको लकडाउनमा भारतीय सरकारले खानेकुरा, औषधि र चिकित्सा उपकरणहरु मात्र बिक्री गर्न दिएको थियो ।

डिजिटल अर्थव्यवस्था, सर्भिस सेक्टर र राष्ट्रिय विकासको लागि महत्वपूर्ण रहेको भारतीय सरकारले उल्लेख गरेको छ । त्यसैले अब ईकमर्श संचालन, आईटी र आईटी सक्षम सेवाहरुको संचालन, सरकारी गतिबिधिहरुको लागि डाटा र कलसेन्टर तथा अनलाइन टिचिङ्ग तथा डिस्ट्यान्स लर्निङ्गको सबै गतिबिधि शुरु हुनेछन् ।

यसका साथै आईटी कम्पनीहरुलाई २० अप्रिल देखि नै ५० प्रतिशत कर्मचारीहरुका साथ कामगर्ने अनुमति दिएको छ । एजेन्सी

easy care

प्रकाशित: ५ बैशाख २०७७, शुक्रबार