ह्वावेको एआईमा आधारित प्रविधिहरु कोभिड-१९ विरुद्ध लड्न एशिया प्यासिफिकमा उपलब्ध

Technology Khabar २ बैशाख २०७७, मंगलवार

ह्वावेको एआईमा आधारित प्रविधिहरु कोभिड-१९ विरुद्ध लड्न एशिया प्यासिफिकमा उपलब्ध

काठमाडौं ।

चिनियाँ टेलिकम जायन्ट ह्वावेले कोभिड १९ को महामारी विरुद्ध लड्नका लागि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स(एआई), भिडियो कन्फ्रेन्सिङ्ग, वायरलेस नेटवर्क कभरेज र स्मार्टफोनहरु एशिया प्याशिफिक क्षेत्रका देशहरुलाई उपलब्ध गराउने भएको छ ।

ह्वावेले यसको लागि इण्डोनेशिया, मलेशिया, थाईल्याण्ड र बंगलादेश तथा अन्य देशहरुसँग सहकार्य गरेको छ । सहकार्यअन्तरगत ह्वावेले संचार चुनौतीहरु, कनेक्टिभिटीको सुनिश्चितता र आविश्कारिक प्रविधिहरुको साथमा अत्यावश्यक सेवाहरुको लागि कोभिड-१९ महामारीको अवधिमा सम्बोधन गर्नेछ ।

कम्पनीकाअनुसार ह्वावे टेलिमेडिसिन प्राक्टिस कोरोनाभाइरसको विरुद्धमा लड्नका लागि चार महत्वपूर्ण विषयहरुमा आधारीत रहेको प्रयोग गर्न सकिनेछः जसमा लाइभ भिडियो स्ट्रिमिङ्ग, रिमोट कोल्याबरेसन, रिमोट डाईग्नोसिस, र रिमोट प्रोटेक्सन छन्, यी सबै एशिया प्यासिफिक देशहरुमा प्रत्यक्ष परिदृश्य हुन् ।

ह्वावेको टेलिमेडिसिन भिडियो कन्फ्रेन्स सलुसन थाईल्याण्डको अस्पतालहरुमा जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

फिलिपिन्सको बागुईओ जनरल हस्पीटल एण्ड मेडिकल सेन्टरमा ह्वावेको एआईमा आधारित सिटी स्क्रीनिङ्ग जडान गरिएको छ ।

ह्वावेकाअनुसार बंगलादेशको मिनिस्ट्री अफ हेल्थ एण्ड फ्यामिली वेलफेयर र डाईरेक्टोरेट जनरल अफ हेल्थ एण्ड सर्भिसेजले ह्वावेको भिडियो कन्फ्रेन्स सिस्टमहरु प्रयोग गरिरहेको छ । सिंगापुरमा भने ह्वावेको क्लाउड सलुसन प्रयोग गरिएको कम्पनीले उल्लेख गरेको छ ।

ह्वावे क्लाउडको एन्टि कोभिड १९ पार्टनर प्रोग्राम अन्तरग सहभागी हुुनेहरुले ३० हजार अमेरिकी डलर बराबरको निशुल्क क्लाउड स्रोतहरुको प्रयोग गर्न पाउने कम्पनीले जानकारी दियो । ह्वावे क्लाउडअन्तरत नै ईहेल्थ समेत उपलब्ध गराएको छ भने इन्टरप्राइज सलुसनमा भने कम्पनीले महामारीको प्रकोपमा रहेका देशहरुका व्यवसायहरुलाई सहयोग गर्ने बताएको छ ।

यसअतिरिक्त ह्वावेले यूनेस्को आईआईटिई र यूनेस्को आईसीएचईआईसँग सहकार्य गरेको जनाएको छ ।

easy care

प्रकाशित: २ बैशाख २०७७, मंगलवार