भीभोको नयाँ स्मार्टफोन भीभो भी१९ लन्च, क्वाड रियर क्यामरा, फास्ट चार्जिङ्ग र ड्यूल सेल्फी क्यामरा

Technology Khabar २५ चैत्र २०७६, मंगलवार

भीभोको नयाँ स्मार्टफोन भीभो भी१९ लन्च, क्वाड रियर क्यामरा, फास्ट चार्जिङ्ग र ड्यूल सेल्फी क्यामरा

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कमपनी भीभोले आफने नयाँ स्मार्टफोन भीभो भी १९ लन्च गरेको छ । कम्पनीले भारतबाट विश्व बजारमा लन्च गर्ने योजना गरेको थियो तर कोभिड १९ महामारीको कारणले गर्दा लन्च मिति पछाडि सारेको थियो ।

कम्पनीले भारतमा पनि समयमा लन्च गर्न सकेको र अर्को ठूलो बजार मलेशियामा पनि महामारीले बन्द भएको हुँदा कम्पनीले अहिले भने अनलाइनमार्फत आफ्नो नयाँ स्मार्टफोन लन्च गरेको हो ।

कम्पनीले आफ्नो नयाँ फोन अफिशियल वेबसाइटमा भीभो भी१९ मा लन्च गरेको छ । भीभो भी१९ मा ६.४४ इन्चको सूपर एमोलेड फूल एचडी प्लस ड्यूल पंचहोल डिस्प्ले राखिएको छ । यसको डिस्प्लेमा नै फिंगरप्रिन्ट स्क्यानर राखिएको छ ।

भीभो भी१९ एन्ड्रोयड १० मा आधारित फनटच ओएस१०मा संचालित हुन्छ । यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ७१२ प्रोसेसर छ भने ८ जीबी र्याम रहेको छ ।

भीभो भी १९ मा फोटोग्राफीका लागि क्वाड रियर क्यामरा राखिएको छ भने प्राइमरी क्यामरा ४८ मेगापिक्सेलको छ । त्यसैगरि अर्को ८ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स छ भने तेस्रो र चौथो क्यामरा २ मेगापिक्सेलको छ । भीभो भी १९ मा ३२ मेगापिक्सेल र ८ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

त्यसैगरि फोनमा पावरको लागि ४,५०० एमएएचको ब्याट्री प्याक रहेको छ भने ३३ वाटको फास्ट चार्जिग सपोर्ट रहेको छ । कम्पनीकाअनुसार यो स्मार्टफोनलाई केबल ३० मिनेटमा ५४ प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । यसको लागि फास्ट चार्ज २.० सपोर्ट राखिएको छ ।

भीभोको नयाँ फोनमा यूएसबी टाइप सी पोर्ट, ३.५ एमएमको हेडफोन ज्याक, ब्लूटूथ ५.०, ड्यूल ब्याण्ड वाईफाई र जीपीएसलगायतका कनेक्टिभिटी फीचर छन् ।

यो फोन १२८ जीबी र २५६ जीबी स्टोरेज भर्सनमा उपलब्ध छ । तर कम्पनीले यो फोनको मूल्य भने सार्वजनिक गरेको छैन् ।

भीभो भी१९ नेपाली बजारमा पनि उपलब्ध हुनेछ तर यसको लागि केहि समय भने कुर्नुपर्ने हुन्छ ।

easy care

प्रकाशित: २५ चैत्र २०७६, मंगलवार