५जी नेटवर्कले कोभिड-१९ फैलाउने भ्रमका कारण बेलायतमा ५जी मोबाइलको टावरमा आगजनी

Technology Khabar २२ चैत्र २०७६, शनिबार

५जी नेटवर्कले कोभिड-१९ फैलाउने भ्रमका कारण बेलायतमा ५जी मोबाइलको टावरमा आगजनी

काठमाडौं ।

विश्वभर कोरोनाभाइरसको महामारीका बिच मानिसहरु घरमा नै लकडाउनमा बसिरहेका छन् । तर सोहि बिचमा कोरोनाभाइरसको बारेमा अनेक अफवाह फैलिईरहेका छन् । नेपालमा मात्रै नभई यस्तो हल्ला र अफवाह विकसित मुलुकहरुमा पनि फैलिएको छ ।

त्यस्तै अफवाहका कारण युरोपेली मुलुक बेलायतमा मानिसहरुले ५जी नेटवर्कको टावर जलाईदिएका छन् ।

हालै बेलायतको द सन नामक न्यूज पोर्टका अनुसार बिरमिङ्गममा अज्ञात मानिसहरुले ५जी मोबाइल नेटवर्कको टावर जलाईदिएका छन् । सो टावरलाई प्रहरी र दमकलका कर्मचारीहरुको सहयोगमा निभाईएको रिपोर्टमा उल्लेख छ ।

सो आगलागीको घट्ना अनुसन्धानमा नै रहेको तर दुबै निकायले सो आगलागी जानाजान गरिएको निश्चित गरेका छन्।

सोहि घट्नालाई ध्यानमा राखेर बेलायतका मोबाइल कम्पनीहरुको समूह मोबाइल यूकेले आधारहिन तर्क र हल्लाको पछि नलाग्न सबैलाई भनेको छ ।

मोबाइल यूकेले जारीगरेको एक विज्ञप्तिकाअनुसार विभिन्न मोबाइल कम्पनीका मर्मतमा खटिएका कर्मचारी तथा प्राविधिकहरुलाई आक्रमण गरिएको र त्यो स्वीकारयोग्य नभएको बताएको छ ।

५जी प्रविधिसहितको रेडियो सिग्नलहरु सुरक्षित रहेको बिगत ५० वर्षदेखिको अनुसन्धानले देखाएको भन्दै आफूहरु स्वास्थ्य जोखिम नहुने मापदण्डमा काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड १९ महामारीका बिचमा ५जी टेक्नोलोजीजको सेफ्टीको बारेमा भ्रामक र तथ्यहिन हल्ला केहि ग्रुपहरुले फैलाएकाछन् । मोबाइल उद्योगले यस्तो कठिन अवस्थामा पनि १०० प्रयास बेलायतलाई जोड्न गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मोबाइल यूके बेलायतका मोबाइल अपरेटरहरु ईई, ओटू, थ्री र भोडाफोनको एसोसिएसन हो ।

माध्यम स्रोत

easy care

प्रकाशित: २२ चैत्र २०७६, शनिबार