गत वर्ष एन्ड्रोयड अपरेटिंग सिस्टम सबैभन्दा जोखिमयुक्त, एप्पलको आईओएस छैन सूचीमा

Technology Khabar २७ फाल्गुन २०७६, मंगलवार

गत वर्ष एन्ड्रोयड अपरेटिंग सिस्टम सबैभन्दा जोखिमयुक्त, एप्पलको आईओएस छैन सूचीमा

काठमाडौं ।

विश्वमा एन्ड्रोयड मोबाइल प्लेटफर्ममध्ये सबैभन्दा लोकप्रिय रहेको छ भने यसका साथै सबैभन्दा जोखिमयुक्त पनि रहेको छ ।

यसको मार्केट शेयर सबैभन्दा उच्च रहेको छ भने डेभलपरहरु र आक्रमणकारीहरुले पनि यसमा मालवेयर राखेर डिभाइस ह्याक गर्ने प्रयास गरिरहेका छन् ।

ह्याकरहरुले कुनैपनि बेला आफ्नो एप्सको माध्यमबाट डिभाइसहरुलाई ह्याक गर्ने प्रयास गरिरहेका हुन्छन् ।

अनुसन्धानकर्ताहरुले पनि एन्ड्रोयडलाई गत वर्षको आधारमा सबैभन्दा जोखिमयुक्त मानेका छन् । दिवेस्टभिपिएनका अनुसन्धानकर्ताहरुका अनुसार सन् २०१९ मा एन्ड्रोएड अपरेटिंग सिस्टम सबैभन्दा जोखिमयुक्त रहेको थियो ।

गत वर्ष रिसर्चरहरुले सो प्लेटफर्ममा ४१४ वटा जोखिमहरु पत्ता लगाएका थिए । गत वर्ष सबैभन्दा जोखिमयुक्त प्लेटफर्म भएपनि एन्ड्रोयडमा हुने जोखिमहरुको संख्या भने घटिरहेको छ । सन् २०१७ मा यस्तो कमजोरीयुक्त अवस्था ८४३ वटा भेटिएका थिए । हालसम्मको भल्नराबिलिटिहरु हेर्ने हो भने एन्ड्रोयडमा २ हजार ५६३ वटा रहेको छ ।

विज्ञहरुले एन्ड्रोयडमा हुने गंभिर जोखिमहरुको अवस्था नरहेको भएपनि केहि एप्लिकेसनहरुले सिस्टममा पहुँच पाउँदा समस्या हुने गरेको छ ।
उदाहरणकोलागि हालै मिडियाटेकको चीप्सको फार्मवेयरमा भएको फ्लोका कारणले लाखौं स्मार्टफोनहरु प्रभावित भएका थिए ।

तर गूगलले आफ्नो प्लेटफर्मलाई अपग्रेड गर्दै सेक्यूरिटीलाई ससक्त पार्ने प्रयासहरु भने गरिरहेको छ ।

अनुसन्धानकर्ताहरुले तयार पारेको लिस्टमा दोस्रो स्थानमा डिबियन लीनक्स सिस्टम रहेको छ भने त्यसपछि विण्डोज, एडोब एक्रोब्याट रिडलर, सी प्यानललगायत छन् ।

तर महत्वपूर्ण विषय भनेको गत वर्षका प्रमुख जोखिमयुक्त प्रडक्टहरुमा भने एप्पलको आईओएस कतैपनि छैन् ।

एप्पलको आईओएस गत वर्ष जोखिमयुक्त नभएको भएपनि सो अपरेटिंग सिस्टममा हालसम्म १ हजार ६५५ वटा भल्नराबिलिटीज फेला पारिएको छ । एजेन्सी

easy care

प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार

ताजा समाचार