एप्पलको आइफोन एक्सआर गतवर्ष विश्वमै सर्वाधिक बिक्री हुने स्मार्टफोन

Technology Khabar १६ फाल्गुन २०७६, शुक्रबार

एप्पलको आइफोन एक्सआर गतवर्ष विश्वमै सर्वाधिक बिक्री हुने स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । एप्पलको आइफोन एक्सआर गतवर्ष विश्वमा सर्वाधिक बिक्री भएको स्मार्टफोन बनेको छ । यस्तो दाबी रिसर्च फर्म ओमडियाको एक रिर्पोटमा गरिएको हो । रिर्पोटमा एप्पलको आइफोन एक्सआरपछि आइफोन ११ लोकप्रियको सूचीमा दोस्रो स्थानमा पर्न सफल भएको उल्लेख गरिएको छ ।

ओमडियाको स्मार्टफोन मोडल मार्केट ट्रयाकर रिर्पोटमा यस्तो दाबी गरिएको हो । एप्पलले वर्ष २०१९ मा आइफोन एक्सआर ४६३ यूनिट बेच्न सफल भएको थियो । एप्पलले २०१९ मा आइफोन ११ को ३७३ लाख डिभाईस बेचेको हो । विश्वमा सर्वाधिक बिक्री हुने पहिलो र दोस्रो दुबै स्मार्टफोनमा एप्पलको आईफोन रहेको छ । तेस्रो देखि पाचौं स्थान सम्ममा भने सामसङका स्मार्टफोनहरु रहेका छन्।

यस लिस्टमा सामसङका फोन क्रमशः ग्यालेक्सी ए१०, ग्यालेक्सी ए५० र ग्यालेक्सी ए२० रहेका छन् र यी फोनहरु क्रमशः ३०३, २४२, २३१ लाख यूनिट सेल भएको छ । यस लिस्टको छैटौं स्थानमा एप्पलकै आइफोन ११ प्रो रहेको छ । जसको १७६ लाख यूनिट सेल भएको छ । लिस्टको सातौँ स्थानमा आइफोन ८ रहेको छ जसको १७४ लाख डिभाईस सेल भएको छ ।

विश्वमा सर्वाधिक बिक्री भएको आइफोन एक्सआर कालो, निलो, पहेंलो, कोरल र रातो कलरमा लन्च गरिएको थियो । आईफोन एक्सआरमा कम्पनीले लिक्विड रेटिना नामको एलईडि डिस्प्ले दिएको छ । यस फोनको स्क्रिन साइज ६.१ इन्चको र रेज्योलुशन १७९२×८२८ पिक्सेलको रहेको छ ।

आइफोन एक्सआरको ब्याक प्यानलमा १२ मेगपिक्सेल सेन्सर र अपर्चर एफ/१.८ रहेको क्यामरा रहेको छ । यसको फ्रन्टमा एफ/२.२ अपर्चर भएको ७ मेगापिक्सलको क्यामरासँगै रेटिना फ्ल्यास पनि रहेको छ । स्मार्टफोनमा एप्पलको न्यु ए१२ बायोनिक चिपसेट रहेको छ । यसबाट एप ओपन हुने टाइम ३० प्रतिशत बढ्दछ । एजेन्सी

easy care

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार