विश्वका चौथो धनि व्यक्ति वारेन बफेटले पहिलो पटक किने स्मार्टफोन

Technology Khabar १६ फाल्गुन २०७६, शुक्रबार

विश्वका चौथो धनि व्यक्ति वारेन बफेटले पहिलो पटक किने स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेले विश्वका धेरै कम्पनीहरुमा लगानी गरेको छ । एप्पलमा पनि कम्पनीको ठुलो शेयर रहेको छ । यस्तो धेरै कम्पनीका शेयरहरुमा लगानी गरेका र स्टक बजारका बादशाह रहेका वारेन बफेट विश्वका चौथो धनि व्यक्तिका रुपमा गनिन्छन्।

यस्ता धनि बफेट हालसम्म पनि बेसिक फ्लिप फोनको प्रयोग गर्ने गर्दथे । वर्षैदेखि बेसिक फ्लिप फोन प्रयोग गर्दै आईरहेका बफेटले हालैमा भने नयाँ स्मार्टफोन किनेका छन् । उनले हालसम्म सामसङको फ्लिप फोनको प्रयोग गर्ने गर्दथे । बफेटले हालै एप्पलको आइफोन ११ किनेका हुन् ।

सीएनबीसी लाई दिएको एक इन्टरभ्युमा उनले यो कुराको पुष्टि गरेका हुन् । उनले सामसङको एससीएच–यू२३० फ्लिप फोन पुर्ण रुपमा बिग्रिएको तरपनि आफुले अरु मानिसहरुले जसरी आईफोन ११ को प्रयोग नगर्ने बताएका थिए । उनले आफुले आईफोनलाई पनि एक सामान्य फोनको रुपमा प्रयोग गर्ने जनाएका छन । अर्को शब्दमा भन्नुपर्दा उनले आईफोनलाई स्मार्टफोनको रुपमा नभई मात्रै फोनको रुपमा प्रयोग गर्ने गर्दछन ।

यद्पी बफेटले पहिले एप्पलको आईप्याड स्टक मुल्यका लागी प्रयोग गरिसकेको बताएका छन्। तरपनि उनि कुनैपनि स्मार्टफोन भन्दा फ्लिप फोन यूज गर्न मन पराउने गर्दथे ।

बफेटले पहिले प्रयोग गर्ने गरेको स्मार्टफोनको मुल्य मात्रै २० डलर रहेको थियो । तर उनले हाल प्रयोगमा ल्याएको आईफोन ११ को मुल्य भने ६९९ देखि सुरु हुने गर्दछ ।

सन् २०१८ मा एप्पलका सिईओ टिम कुकले एक इन्टरभ्युमा उनले बफेटसँग कुरा गरेको र उनि आँफै आफ्नो आईफोन सेट गर्न आउने बताएका थिए । कुकले आफुले नै बफेटलाई आईफोन प्रयोग गर्न सल्लाह दिएको बताएका छन् । एजेन्सी

easy care

प्रकाशित: १६ फाल्गुन २०७६, शुक्रबार