चीनको सहयोग बिना नै भारतमा ५जी ल्याउने रिलायन्स इंन्डस्ट्रिका चेयरम्यान अम्बानीको दाबी

Technology Khabar १५ फाल्गुन २०७६, बिहीबार

चीनको सहयोग बिना नै भारतमा ५जी ल्याउने रिलायन्स इंन्डस्ट्रिका चेयरम्यान अम्बानीको दाबी

काठमाडौं ।

काठमाडौं। अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले आफ्नो भारत भ्रमणको अन्तिम दिन भारतका टप २० कम्पनीहरुको सिईओ र चेयरम्यानहरुसँग गरेको कुराकानीमा आफूले चीनको सहयोग बिना नै ५जी लन्च गर्ने बताएका छन् ।

रिलायन्स इंन्डस्ट्रिका चेयरम्यान तथा भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले ट्रम्पलाई अमेरिकाको उर्जा क्षेत्रमा आफुहरुले गरेको लगानीको बारेमा जानकारी दिएका थिए । उनले आफ्नो कम्पनीले अमेरिकामा करिब ५० हजार १२६ करोड भारु लगानी गरेको बताएका थिए । उनले यसपछि भारतीय टेलिकम क्षेत्रमा रिलायन्स जियोको भुमिकाको बारेमा पनि बताएका थिए । यसको जबाफमा ट्रम्प आश्चर्यमा पर्दै ७ बिलियन डलर निकै लगानी रहेको बताएका थिए ।

ट्रम्पले अम्बानीलाई प्रतिप्रश्न गर्दै कम्पनीले ४जी मा काम कसरी गरिरहेको र चिनियाँ कम्पनी ह्वावेको झै ५जी प्रविधिको क्षेत्रमा जाने कि नजाने भनि सोधेका थिए। जबाफमा अम्बानीले आफुहरुको कम्पनीले ५जी क्षेत्रमा राम्रो काम गरिरहेको र कम्पनी ५जी लाई चिनियाँ सहयोगको बिना नै लन्च गर्ने भारतको एकमात्र कम्पनी हुने बताएका थिए।

यसको पनि जबाफमा ट्रम्पले यो निकै ठुलो कुरा भएको बताएका थिए । एजेन्सी

easy care

प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार

ताजा समाचार