कोरोनाभाइरसका कारण दक्षिण कोरियाको सबैभन्दा ठूलो अपरेटर एसके टेलिकमको मुख्यालय बन्द

Technology Khabar १५ फाल्गुन २०७६, बिहीबार

कोरोनाभाइरसका कारण दक्षिण कोरियाको सबैभन्दा ठूलो अपरेटर एसके टेलिकमको मुख्यालय बन्द
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चीनबाट शुरु भएको कोरोनाभाइरसको असर अर्को देश दक्षिण कोरियामा पनि देखिन थालेको छ । दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम अपरेटर एसके टेलिकमले हालै आफ्नो सियोलस्थित मुख्यालय नै बन्द गरेको छ ।

एसके टेलिकमले आफ्नो एक कर्मचारीमा कोरोनाभाइरसको परीक्षणमा प्रभावित भएको भेटिएपछि कम्पनीले आफ्नो हेडअफिस नै बन्द गरेको हो ।

कोरियाको सबैभन्दा ठूलो मोबाइल क्यारियरले आगामी शुक्रबारसम्म आफ्नो कार्यालय परिसरलाई संक्रमणमुक्त बनाउने छ । कम्पनीले यसको लागि कोरियाको हेल्थ एण्ड वेलफेयर्स मन्त्रालयको निर्देशन पालना गर्नेछ ।

कम्पनीका प्रवक्ताकाअनुसार सो अवधिसम्म कर्मचारीहरुले भने घरबाट नै कामगर्नेछन् ।

एसके टेलिकमको मुख्यालय १४ तल्ले भवनमा छ भने केहि सिमित संख्याका कर्मचारीहरु जसले वैदेशिक नेटवर्क अपरेसनहरु हेर्दछन तिनीहरु भने मुख्यालयबाटै काम गरिरहेका छन् । सो टेलिकम कम्पनीसँग करिब ५ हजार कर्मचारीहरु रहेका छन् ।

यसअघि एलजी इलेक्ट्रोनिक्सको इन्चेनमा रहेको अनुसन्धान स्थललाई समेत बन्द गरिएको थियो भने सामसङ इलेक्ट्रोनिक्सले गुमीमा रहेको आफ्नो ह्याण्डसेट उत्पादनस्थललाई बन्द गरेको थियो । एजेन्सी

Sajilo Visa

प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार

तपाइको प्रतिक्रिया