दूरसंचार प्राधिकरणलाई आइस्पानले भन्यो- हामीसँग नो अब्जेक्सन लेटर लिनुपर्ने ब्यवस्था मिलाईदेऊ

Technology Khabar १४ फाल्गुन २०७६, बुधबार

दूरसंचार प्राधिकरणलाई आइस्पानले भन्यो- हामीसँग नो अब्जेक्सन लेटर लिनुपर्ने ब्यवस्था मिलाईदेऊ

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट संस्थाले अनुमतिपत्र नै नलिई नेपालभर सेवा संचालन भईरहेको भन्दै आवश्यक कारबाही गर्न नेपाल दूरसंचार प्राधिकरणलाई अनुरोध गरेको छ ।

आइस्पानले अनुमतिपत्रको आवेदन दिनेहरुलाई आइस्पानबाट अनिवार्यरुपमा नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ ।

इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल(आइस्पान)ले दूरसंचार प्राधिकरणलाई पत्र पठाउँदै गैरकानूनीरुपमा सेवा संचालन गरिरहेका कम्पनी तथा व्यक्तिहरुलाई कारबाही गर्न समेत ध्यानाकर्षण गराएको छ ।

प्राधिकरणलाई गत साता फागुन ६ गते बुझाएको ध्यानाकर्षण पत्रमा आइस्पानले सेवा संचालनको लागि चाहिने कुनै प्रकारको अनुमतिपत्र नलिई नेपाभर विभिन्न ठाउँहरुमा व्यक्ति तथा संस्थाहरुले गैरकानूनीरुपमा सेवा संचालन गरिरहेको दाबी गरिएको छ।

‘जसले गर्दा बजारमा भयावह रुपमा अस्वस्थ प्रतिस्पर्धाको जन्म हुन गई एकातिर यस संस्थामा आबद्ध सेवा प्रदायकहरुलाई आर्थिकरुपमा ठूलो क्षति हुन पुगेको छ भने अर्कोतिर सरकारले प्रत्यक्षरुपमा ठूलो मात्रामा राजस्व बापतको रकम गुमाउन बाध्य भएको छ,’ टेक्नोलोजीखबरलाई प्राप्त सो पत्रमा भनिएको छ ।

आस्पानकाअनुसार यस्ता गैरकानूनी कार्य गर्ने व्यक्ति तथा संस्थाहरुले प्राधिकरणबाट अनुमतिपत्रको लागि प्रकृयामा रहेको र कतिपयले अनुमतिपत्र लिईसकेका छन् ।

गैरकानूनीरुपमा कामगर्नेलाई कारबाही गर्न प्राधिकरणसँग अनुरोध गर्दै र गैरकानूनी कार्य रोक्नको लागि प्राधिकरणमा अनुमतिपत्रको प्रकृयामा रहेका तथा आउने दिनमा अनुमतिपत्रको आवेदन दिनेहरुलाई समेत अनिवार्यरुपमा इन्टरनेट सेवा प्रदायक संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने ब्यवस्था मिलाई दिन समेत माग गरेको छ ।

easy care

प्रकाशित: १४ फाल्गुन २०७६, बुधबार

ताजा समाचार