गूगलले भन्यो- ह्वावेका स्मार्टफोनहरुमा गूगलका सर्भिस तथा एप्स प्रयोग नगर्नुस्

Technology Khabar ११ फाल्गुन २०७६, आईतवार

गूगलले भन्यो- ह्वावेका स्मार्टफोनहरुमा गूगलका सर्भिस तथा एप्स प्रयोग नगर्नुस्

काठमाडौं ।

काठमाडौं । गूगलले आफ्ना सेवाहरुको बारेमा ह्वावेसँग सम्बन्धित रहेर आफ्नो धारणा सार्वजनिक गरेको छ । अमेरिकन टेक जायन्टले पुन अमेरिकी सरकारले अनुमति दिएसँगै ह्वावेका स्मार्टफोनहरुमा अपडेट दिने बताएको छ ।

तर गूगलले यसका साथै ह्वावेका स्मार्टफोनहरुमा आफ्ना मोबाइल सर्भिसेज र एप्स इन्स्टल नगर्न समेत सुझाव दिएको छ । कम्पनीले ह्वावे स्मार्टफोनहरु प्रमाणित तथा आधिकारीक नभएसम्म आफ्ना एप्स प्रयोग नगर्न भनेको हो ।

गूगलले एन्ड्रोयड हेल्प कम्यूनिटीमा बिस्तृतमा जानकारी दिँदै ह्वावेसँगको समग्र अवस्थाको बारेमा जानकारी गराएको छ । कम्पनीले मे २०१९ मा ह्वावेलाई अमेरिकी कालोसूचीमा राखिएको र सो फुकुवा भएसँगै अपडेट दिने बताएको हो ।

अमेरिकाले ह्वावेलाई अझैपनि अस्थाई लाइसेन्स जारि गरेको छ भने ह्वावेले अहिलेका मोडलहरुमा मात्र सेक्यूरिटी अपडेट गर्न पाउँछ । गूगलका लिगल अफिसर ट्रिस्टान ओस्ट्रोवस्कीले सो बारेमा जानकारी दिएका हुन् । उनले निरन्तर ह्वावेका डिभाइसका बारेमा र ती डिभाइसहरुमा गूगलको एप्स तथा सर्भिसहरु प्रयोगका बारेमा प्रश्न आएको भन्दै त्यसको बारेमा जानकारी दिएका हुन् ।

कानूनी अधिकारीले गूगल मोबाइल सर्भिसेस ती डिभाइसहरुमा मात्र एकिकृत हुने जसलाई गूगलले प्ले प्रोटेक्सन प्रोग्रामअन्तरगत प्रमाणित गरिएका हुन्छन्, त्यसमा मात्र प्रयोग हुने बताएका छन् ।

गूगलले केहि यूजर्सले ह्वावे स्मार्टफोनहरुमा आफ्नो प्ले सर्भिसहरु लन्च गर्न प्रयास गरिरहेको बारेमा समेत जानकार रहेको भन्दै यस्तो म्यानिपुलेसन नगर्न भनेको हो ।

easy care

प्रकाशित: ११ फाल्गुन २०७६, आईतवार

ताजा समाचार