एनसेलको लगानीकर्ता आजियाटा डिजिटल बैंकको योजनामा, लाइसेन्सका लागि बोलकबोलमा जाने

Technology Khabar ९ फाल्गुन २०७६, शुक्रबार

एनसेलको लगानीकर्ता आजियाटा डिजिटल बैंकको योजनामा, लाइसेन्सका लागि बोलकबोलमा जाने

काठमाडौं ।

काठमाडौं । एनसेलको लगानीकर्ता कम्पनी आजियाटाले मलेशियामा डिजिटल बैंकिङ्गको लाइसेन्स लिने योजना गरिरहेको छ ।

मलेशियाको सबैभन्दा ठूलो टेलिकम्युनिकेशन्स कम्पनी आजियाटा ग्रुप बर्हादले डिजिटल बैंकिङ्ग लाइसेन्सका लागि बिड गर्ने योजना लिएको बताएको छ ।

मलेशियाले गैर बैकिङ्ग फर्महरुका लागि आफ्नो वित्तिय उद्योग खोल्ने तयारी गरिरहेको छ ।

हालै आजियाटा ग्रुपले ११ जना संभावित पार्टनरहरुसँग प्रस्ताव तयार पार्न सो बारेमा कुराकानी गरेको सो संस्थाका डेपुटी चिफ एक्जुकेटिभ अफिसन मोहम्मद इजादिन इद्रिसले बताएका हुन् ।

उनले त्यसमा बैंकहरु र ई वालेट अपरेटरहरु रहेको जानकारी दिएका छन तर कुन कुन संस्थाहरुसँग कुराकानी भयो भन्ने बारेमा भने बताएनन् ।

आजियाटाले ग्य्राब होल्डिङ्ग इंक, एन्ट फाइनान्सियल र सिंगापुर टेलिकम्युनिकेशन्स लिमिटेडजस्ता गैर बैंकिङ्ग संस्थाहरु सहकार्य गर्नसक्नेछ ।

हंगकंगले पनि आफ्नो देशमा यो वर्ष ८ भच्र्यूअल लेण्डरहरुले सेवा संचालन गर्ने लक्ष्य लिएको छ भने मलेशियाको छिमेकी सिंगापुरले यो वर्ष ५ वटा बैंकिङ्ग सेवा भन्दा बाहिरका संस्थाहरुलाई सोहि प्रकारको लाइसेन्स दिने तयारी गरेको छ ।

मलेशियाको केन्द्रिय बैंकले गएको डिसेम्बरमा डिजिटल बैंकहरु स्थापना गर्नका लागि मस्यौदा नीति जारी गरेको थियो । सोहिअनुसार सन् २०२० को अन्त्यसम्ममा ५ वटा लाइसेन्स जारी गर्ने योजना लिएको छ ।

आजियाटाले सो बारेमा केन्द्रिय बैंकसँग कुराकानी गरेको छ र यदि अनुमति पाएको अवस्थामा आफ्नो डिजिटल बैंकिङ्ग सेवा आगामी वर्षको दोस्रो अर्ध वार्षिकमा संचालन गर्ने योजना लिएको मोहम्मद इजादिनले बताए  ।एजेन्सी

easy care

प्रकाशित: ९ फाल्गुन २०७६, शुक्रबार