नेपाल टेलिकमको फोनकलको गुणस्तर सबैभन्दा कमजोर, तीनवटै अपरेटर मापदण्डमा परेनन्

Technology Khabar ४ फाल्गुन २०७६, आईतवार

नेपाल टेलिकमको फोनकलको गुणस्तर सबैभन्दा कमजोर, तीनवटै अपरेटर मापदण्डमा परेनन्

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकम मोबाइलबाट हुने फोनकल गुणस्तरको विषयमा सबैभन्दा कमजोर देखिएकोछ । नेपाल टेलिकमका साथमा अन्य मोबाइल सेवा प्रदायकहरु एनसेल र स्मार्ट टेलिकमको गुणस्तर पनि कमजोर भेटिएको हो । तर अन्य अपरेटरहरुको तुलनामा नेपाल टेलिकमको फोनकल सेवा थप कमजोर देखिएको हो ।

नेपाल दूरसंचार प्राधिकरणले हालै इलाम र झापामा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदन अर्थात ड्राइभ टेस्ट रिपोर्टअनुसार नेपाल टेलिकमको फोनकलको गुणस्तर सबैभन्दा कमजोर भेटिएको छ।

रिपोर्टअनुसार नेपाल टेलिकमको दमक र इलाम नगरपालिकामा गरिएको मोबाइल सेवाको गुणस्तर परीक्षणमा फोनकल स्थापना हुन लाग्ने समय सबैभन्दा धेरै देखिएको छ । नेपाल टेलिकमको फोनकल सेवा अन्य प्रतिस्पर्धीहरु एनसेल र स्मार्टको भन्दा कमजोर भेटिएको हो ।

दमक नगरपालिका भित्र फोनकल स्थापना हुन लाग्ने समयमा नेपाल टेलिकमको ९.३६ सेकेण्ड छ भने स्मार्ट टेलिकमको ८.०२ सेकेण्ड तथा एनसेलको ६.४५ सेकेण्ड रहेको छ । त्यस्तै इलाम नगरपालिकाभित्र मोबाइल फोनकल स्थापना हुन लाग्ने समयमा नेपाल टेलिकमको फोनकल स्थापना हुन लाग्ने समय ९.५७ सेकेण्ड तथा एनसेलको ७.५८ सेकेण्ड रहेको छ भने इलाममा स्मार्ट टेलिकमको सेवा उपलब्ध छैन् ।

यस्तो समय दूरसंचार प्राधिकरणले ५ सेकेण्ड वा सो भन्दा कम हुनुपर्ने मापदण्ड तोकेको छ ।

त्यसैगरि दमकमा नेपाल टेलिकमको फोनकल स्थापना हुने दर ९७ प्रतिशत छ भने एनसेलको ९६.९७ तथा स्मार्टको ९४ सेकेण्ड रहेको छ भने इलाममा नेपाल टेलिकमको यस्तो दर झन बढि अर्थात ९८.९४ सेकेण्ड तथा एनसेलको ८१.२५ प्रतिशत छ । दूरसंचार प्राधिकरणले यस्तो दरको मापदण्ड ९९ प्रतिशत तोकेको छ ।

आफैं फोनकल विच्छेद हुने दरमा नेपाल टेलिकमको सेवा सकारात्मक रहेको छ भने एनसेल र स्मार्टको सेवा दुबै स्थानमा कमजोर रहेको छ । यसमा नेपाल टेलिकमको सेवा गुणस्तर मापदण्डभित्र परेको छ जसमा दमकमा १.०३ सेकेण्ड तथा इलाममा १.०८ सेकेण्ड रहेको छ ।

प्राधिकरणले आफैं फोनकल विच्छेद हुने दर २ प्रतिशत भन्दा कमतोकेको छ तर एनसेल र स्मार्ट टेलिकमको यस्तो सेवा सो दरभन्दा उच्च रहेको छ ।

हेर्नुस् पुरा रिपोर्ट-

DT-Damak-Ilam-Call-Only
easy care

प्रकाशित: ४ फाल्गुन २०७६, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार