डाटा हबको रुपमा हंगकंगको विकल्प खोज्दै टेक कम्पनीहरु

Technology Khabar २९ माघ २०७६, बुधबार

डाटा हबको रुपमा हंगकंगको विकल्प खोज्दै टेक कम्पनीहरु

काठमाडौं ।

काठमाडौं । अमेरिकी टेक कम्पनीहरुले ग्लोबल डाटा हबको रुपमा रहेको हंगकंगको विकल्प खोजिरहेका छन् । टेक कम्पनीहरु अल्फाबेटको गूगलसहित अन्य कम्पनीहरुले अमेरिकी अधिकारीहरुले ट्रान्स प्यासिफिक इन्टरनेट लिंक सो क्षेत्रमा राख्ने योजनालाई खारेज गरेसँगै विकल्प खोज्ने भएका हुन् ।

गूगलका प्रवक्ताकाअनुसार विभिन्न समुन्द्रमुनी अण्डरसी केबलहरु बिछ्याउनका लागि ल्याण्डिङ्ग लाइसेन्स लिने प्रकृयामा रहेको र आफ्नो संचालन हुने क्षेत्रका अधिकारीहरुसँग काम गरिरहेको बताएका छन् ।

अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले हालै सो परियोजनाका चिनियाँ लगानीकर्ताको बारेमा चासो राख्दै संभवन नहुने संकेत दिएको थियो ।
सबसी केबल्सका साथमा इन्टरनेटको ब्याकबोनले विश्वको डाटा ट्रान्सफरको करिब ९९ प्रतिशत हिस्सा ओगट्ने गर्दछ । एजेन्सी

easy care

प्रकाशित: २९ माघ २०७६, बुधबार

ताजा समाचार