टेक क्षेत्रमा कोरोनाको प्रभाव: मोबाइल वर्ल्ड कंग्रेसमा अमेजन सहभागी नहुने, एलजी र एरिक्सन नजाने

Technology Khabar २८ माघ २०७६, मंगलवार

टेक क्षेत्रमा कोरोनाको प्रभाव: मोबाइल वर्ल्ड कंग्रेसमा अमेजन सहभागी नहुने, एलजी र एरिक्सन नजाने

काठमाडौं ।

काठमाडौं । विश्वचर्चित ईकमर्श कम्पनी अमेजनले २४ देखि २७ फरवरीसम्म स्पेनको बार्सिलोनमा आयोजना हुन गइरहेको मोबाइल वल्र्ड कंग्रेसमा भाग नलिने भएको छ । कम्पनीले नोवेलकोरोना भाईरसको प्रभाव निरन्तर बढिरहेको र यो नियन्त्रण बाहिर रहेको कारणले आफुहरुले भाग नलिने बताएको छ ।

एमडब्लुसिका आयोजकले यस इभेन्टले १,००,००० भन्दा बढि मानिसहरुलाई आर्कषण गर्दै अघि बढ्ने जनाएका छन् । आयोजकले अन्य कम्पनीहरुलाई भाग लिनका लागी कन्र्सन गरिरहेको छ ।

यसअघि नै दक्षिण कारियाली कम्पनी एलजी इलेक्ट्रोनिक्स, स्विडिस टेलिकम निर्माता कम्पनी एरिक्सन र अमेरिकी चीप कम्पनी एनभिडिए ले फरवरी २४ देखि २७ सम्म हुने यस आयोजनामा भाग नलिने बताइसकेका छन्।

यस आयोजनाको आयोजक जीएसएमएले केहि ठुला कम्पनीहरुले अर्को चरणमा पुगेर सोचेका कारण यस आयोजनामा नआउने निर्णय गरेको कुरा ठिक भएको र आफुहरुसँग अझ २,८०० बलिया प्रदर्शकहरु रहेको बताएको छ ।

आयोजकले आफुहरुका लागी प्रदर्शनीमा आउने मानिसहरु र प्रदर्शकहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा ठुलो कुरा रहेको र यस कुराले आफुहरुले झन उपस्थित हुने मानिसहरुको स्वास्थ्य र सुरक्षाका विषयका थप उपायहरु राखेको बताएका छन्।

आयोजकले चीनका हुबेई प्रान्तका सबै यात्रीहरुलाई यस आयोजनामा भाग लिन प्रतिबन्ध लगाएको छ । त्यस्तै चीनका नागरिकहरु यसमा आयोजनामा सहभागी हुनका लागी अनिवार्य रुपमा आफुहरु १४ दिन देश बाहिर रहेको प्रमाण पेश गर्नु पर्दछ । चीनको हुबेई प्रान्त यस प्रकोपको केन्द्रबिन्दु राज्य हो ।

आयोजकले आयोजनमा सहभागी हुने सहभागीहरुलाई एकअर्कासँग हात नमिलाउन सुझाव दिएको छ । र यसबिच स्पिकरहरुले प्रयोग गर्ने माइक्रोफोनलाई किटाणुरहित र परिर्वतन गरिने पनि आयोजकले जनाएको छ ।

चीनबाट फैलिएको कोरोनाभाईरसको कारणले हालसम्म ९०० भन्दा बढि मानिसहरुको मृत्यु भईसकेको छ । जसमा अधिकांश चिनियाँ नागरिक रहेका छन् । त्यस्तै यस भाईरसको संक्रमण लगभग ३५,००० मानिसहरुमा देखिएको छ ।

सिंगापुरमा मंगलवारबाट हुन लागेको एयर शो मा पनि यसै भाईरसको कारणले अमेरिकी जायन्ट एयर कम्पनी लकहीड मार्टिन लगायतका कम्पनीहरु सहभागी नहुने भएका छन्। त्यस्तै बमबार्डियर र गल्फस्ट्रिम एयरस्पेसले पनि यस एयर शो मा भाग नलिने बताएका छन् ।

easy care

प्रकाशित: २८ माघ २०७६, मंगलवार

ताजा समाचार