रेडमी के२० प्रोमा ३ हजार रुपैयाँको छुट, भ्यालेन्टाइन दिवसमा प्रेम व्यक्त गर्ने अवसर

Technology Khabar २३ माघ २०७६, बिहीबार

रेडमी के२० प्रोमा ३ हजार रुपैयाँको छुट, भ्यालेन्टाइन दिवसमा प्रेम व्यक्त गर्ने अवसर

काठमाडौं ।

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउँदै गरेको भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ ।

शाओमीले फ्ल्यागसीप किलर स्मार्टफोन रेडमी के२० प्रोमा रु ३००० को भारी छुटको घोषणा गरेको छ जसलाई अब रु ४६,९९९ मा खरिद गर्न सकिन्छ ।

शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ । हाम्रो भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन रु ४९,९९९ मूल्यको रेडमी के २० प्रो अब रु ४६,९९९ मा ८जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ ।

यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फरबरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन् ।

सौरभ कोठारी, कन्ट्री जनरल म्यानेजर–नेपाल, शाओमीले भने, “नेपालमा सार्वजनिक भएदेखि नै रेडमी के२० प्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ जसले चरम फ्ल्यागसिप अनुभवलाई साँच्चैं नै पुनः परिभाषित गर्दछ । हामी रेडमी के२० प्रो को खरिदमा नेपालका सम्पूर्ण एमआई फ्यानहरुलाई विशेष अफर प्रदान गर्न पाउँदा खुशी छौं र उनीहरुलाई भ्यालेन्टाइन दिवसको हार्दिक शुभकामना प्रदान गर्दछौं ।”

easy care

प्रकाशित: २३ माघ २०७६, बिहीबार

ताजा समाचार