संचारमन्त्री बाँस्कोटाले टेलिकम कर्मचारीलाई सोधे- आमाको जन्मदिनमा म‌ंगलधुन बनाउने कि शोकधुन?

Technology Khabar २२ माघ २०७६, बुधबार

संचारमन्त्री बाँस्कोटाले टेलिकम कर्मचारीलाई सोधे- आमाको जन्मदिनमा म‌ंगलधुन बनाउने कि शोकधुन?

काठमाडौं ।

काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिकोत्सवमा  असन्तुष्ट कर्मचारी पक्षको मागलाई व्यङ्गय गर्दै आफ्नी आमाको जन्मदिनका दिन म‌ंगल धुन बनाउने कि शोक धुन बनाउने अाजकाे दिनपनि खुशी हुननसक्ने मानशिकता किन् उत्सव कसैले पनि शोकको रुपमा नमनाउने बताए ।

उनले आफुले अघिल्लो वर्ष आफुले एकवर्ष भित्र कम्पनीले देशैभर ४जी पु¥याउने कुरा गर्दा केहि व्यक्तिहरुले मजाकमा उडाएको तर हाल यो कुरा पुरा भएको बताए । उनले कुनैपनि कार्य पुरा हुन केहि समय लाग्ने भएकाले धैर्य गर्नुपर्ने बताए । कम्पनीको प्रमुख व्यक्ति हुनका लागी शारिरीक रुपमा बलियो भएको नभई इमान्दार र सक्षम हुनुपर्ने उनको जिकिर थियो।

‘यहाँ फेरी पन्चायतको टालो जस्तो के बाँधेर बसेको हो बुझिन मैले । आफ्नी आमाको जन्मदिनका दिन म‌ंगल धुन बनाउने कि शोक धुन बजाउने ? आजकाे दिनपनि खुशी हुननसक्ने मानसिकता किन् ?,’ उनले प्रश्न गरे ।

उनले असन्तुष्ट पक्षलाई कम्पनीमा राजनिती नगर्न चेतावनी दिदै यस्तो गर्नेलाई आफुले पराजित गरेरै छोड्ने बताए । अहिलेको सरकार समृद्ध नेपाल बनाउने कार्यमा लागेकोमा त्यसअघि आउने यस्ता स–साना कुराले सरकार नहच्किने र नदच्किने बताए ।

‘काम गर्नु छैन्, राजनीति गर्नुछ भने राजनीति गर्न पार्टि कार्यालय जानुपर्ने र कम्पनीमा काम गर्न मात्रै गर्न आउनुस् । आफ्ना साथीहरुका लागि चुनावमा भोट हाल्नका राजनीति गरिनु हुँदैन्, राजनीतिका निम्ती गरिने राजनीतिलाई म पराजित नै गर्दछु, डिस्रप्टीभ राजनीतिलाई पराजितै गर्छु,’ मन्त्री बाँस्कोटाले भने ।

यो चीजको हिसाब किताब राम्रै राखिन्छ भन्दै असन्तुष्ट कर्मचारीहरुलाई मन्त्रीले चेतावनी समेत दिए ।

उनले कम्पनी प्रति इमानदार हुन र कर्मनिष्ट कर्मचारीले यस उत्सवलाई सफल बनाउन लागी परेको बताए । मन्त्री बाँस्कोटाले असन्तुष्ट पक्षलाई कम्पनीको प्रगती नरुचाएको हो कि ? भन्ने प्रश्न पनि गरेका थिए ।  उनले कर्मचारीलाई प्रतिस्पर्धामा आउन आग्रह गरे । उनले राम्रो कामको प्रशंसा र गलत कामको आलोचना गर्न सक्नुपर्ने बताए ।

सरकारले दुरसञ्चार कम्पनीलाई आफ्नो कान्छो छोराझैं माया गरेको र यस बेलापनि कम्पनीले प्रगती नगरेमा कम्पनी कहिल्यै माथी उठ्न नसक्ने दाबी गरे । उनले कर्मचारीलाई संस्थाको हितमा लाग्न आग्रह गर्दै यदि राजनितीमै लाग्ने हो भने कम्पनीको हालतपनि टिम्वर कर्पोरेशन र गोरखकाली रवर उधोगको हालतमा पुग्ने बताए ।

उनले कम्पनीको विनियमावली बारे आफु र सरकारलाई केहि थाहा नभएको र कर्मचारी भर्ना लोक सेवाले गर्ने भएकाले यसमा बिरोध गर्नु पर्ने कुरा नै नरहेको बताए । मन्त्री बाँस्कोटाले ब्याट्री चोरेर बेच्ने र त्यसलाई संरक्षण गर्नुपर्छ भन्ने हो भने त्यसो नहुने बताए ।

कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले एकवर्ष भित्र देशैभर ४जी सेवा उपलब्ध गराउने अघिल्लो वर्ष गरिएको घोषणालाई कम्पनीले यसै साताबाट देशको ७७ वटै जिल्लामा पुर्याइसकेको बताए।

जसका लागी देशभरका दुईहजारभन्दा बढी स्थानमा ३६ सयभन्दा बढि ईनोडबी सहितको अत्याधुनिक प्रविधि जडान गरिएको र यसको माध्यमबाट सेवाग्राहीले उच्च गतिको मोबाइल डाटा र सम्पुर्ण मोबाइल सेवा प्राप्त हुने दाबी गरे। उनले गएको एक वर्षको अवधिमा कम्पनीले करीब ३४० नयाँ टावर जडान गरि बिटिएस सञ्चालनमा ल्याई सेवा विस्तार गरिएको वक्तव्यमा उल्लेख गरे ।

कम्पनीले एक वर्षको अवधिमा स्थानिय टेलिफोन सेवाको रुपान्तरणका लागी ल्याईएको एफटिटिएच विस्तार परियोजनालाई प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका लागी आवस्यक सम्पुर्ण कार्य पुरा भई काठमाडौँलगायत देशैभरका स्थानहरुमा यसको कार्य अघि बढेको छ ।

कम्पनीले पुर्वाधार विकाशतर्फ देशभर अत्याधुनिक सुचना महामार्ग विस्तार गरि डिजिटल नेपालको अवधारणालाई सफत पार्न प्रदेश १, २ र ३ मा पर्ने मध्यपहाडि लोकमार्गमा सुचना महामार्ग निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । जहाँ उपकरण मध्येका डिडब्ल्युडिएम र राउटर जडानको कार्य भइरहेको छ । अप्टिकल फाइवर विछ्याउन तिनवटै प्रदेशमा छुट्टाछुट्टै आपुर्तिकर्तामार्फत काम भइरहेको छ ।

कम्पनीले देशभर दुरसञ्चार पुर्वाधार पुर्याउने प्रयास अन्तर्गत शुरु भएको एक हजार किलोमीटर एडिएसएस फाइवर परियोजनालाई हालै सम्पन्न गरेको छ जसबाट देशभरका ६६ जिल्लामा अप्टिकल फाईवर पुर्वाधार पुगेको छ । त्यस्तै बाकि रहेका जिल्लामा पनि अप्टिकल फाइवर पुर्वाधार पु¥याउने कार्य अघि बढेको  ।

कम्पनीको प्रणालीहरुको विकाश तर्फ महत्वपुर्ण उपकरण, प्रणाली तथा पद्धतिहरुको आधुनिकीकरण गर्ने उदेश्य अन्तर्गत बिजनेश इन्टेलिजेन्स सिस्टम, सेक्योरिटी सिस्टम, जीआईएस सिस्टम, नेटवर्क अपरेशन लगाएका परियोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । नेपाल टेलीकमको नेटवर्कलाई वाह्य विश्वसँग जोड्ने बैकल्पिक मार्गको रुपमा चीनसँगको लिंक सुदृढ पार्न हाल रहेको केरुङ नाका बाट सञ्चालित लिंकको विकल्पका रुपमा तातोपानी नाकालाई सञ्चालनमा ल्याउने कार्य पनि भइरहेको छ ।

 

easy care

प्रकाशित: २२ माघ २०७६, बुधबार