आइएमई डिजिटल सोलुसन र युकेएड सक्षमवीच सम्झौता, जनकपुरधामलाई क्यासलेस शहर बनाउने

Technology Khabar १७ माघ २०७६, शुक्रबार

आइएमई डिजिटल सोलुसन र युकेएड सक्षमवीच सम्झौता, जनकपुरधामलाई क्यासलेस शहर बनाउने

काठमाडौं ।

जनकपुर । आइएमई ग्रुपद्वारा प्रबर्दित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच ‘आइएमई पे’ का तर्फबाट सिइिओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापछि आइएमई डिजिटलले जनस्तर सम्म वित्तिय पहुंच पुर्याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहने बताईएको छ ।

सोही कार्यक्रममा विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको हो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए ।

आइएमईका सिइिओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहेपनि ठूलो सम्भावना रहेको बताए ।

easy care

प्रकाशित: १७ माघ २०७६, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार