प्रयोगमा नरहेका स्याटेलाइटहरु एक आपसमा ठोक्किन बाट बचे, ४० फीटको दूरीबाट क्रस भए

Technology Khabar १६ माघ २०७६, बिहीबार

प्रयोगमा नरहेका स्याटेलाइटहरु एक आपसमा ठोक्किन बाट बचे, ४० फीटको दूरीबाट क्रस भए

काठमाडौं ।

काठमाडौं । अन्तरिक्षमा बिभिन्न देशहरुले आआफ्ना स्याटेलाइटहरु पठाएका छन् । विभिन्न उद्धेश्यले पठाईएका स्याटेलाइटहरुको काम र अवधि सकिएपछि त्यहीँ छोड्ने गरिन्छ । तर अहिले  प्रयोगमा नआएका त्यस्ता स्याटेलाइटहरु अन्तरिक्षको मुख्य समस्या बन्ने देखिँदै छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले हाल प्रयोगमा नरहेका स्याटेलाइटहरु एक आपसमा झण्डै ठोक्किन सक्ने अवस्थाबाट गुज्रीएको भन्दै चेतावनी दिएको छ ।

नासाका अनुसार २९ जनवरी सन् २०२० मा दुईवटा स्याटेलाइट आकाशमा ठोक्किन सक्ने संभावना देखिएको थियो तर ती दुबै स्याटेलाइटहरु निकै कम दूरीबाट एक आपसमा क्रस भएका छन् । यसअघि नासाले नेपाली समयानुसार २९ जनवरीको बिहानको समयमा दुई स्याटेलाइट एक आपसमा ठोक्किन सक्ने बताएको थियो ।

यी स्याटेलाइटहरु यदि एकआपसमा ठोक्किएको भए अमेरिकाको पिटर्सवर्गको आकाशमा त्यसको असर धेरै हुनसक्ने आशंका गरिएको थियो । यी स्याटेलाइटहरु एक आपसमा क्रस गर्दा केबल ४० फीट अर्थात १२ मीटरको दूरीमा थिए । जसले स्याटेलाइट आकाशमा ठोक्किन सक्ने संभावनालाई टारेको छ ।

ति दुबै स्याटेलाइटले काम गर्न छोडिसकेका छन् । अन्तरिक्षमा घुमिरहेका यी दुई स्याटेलाइटहरुमा एकको नाम आईआरएएस र अर्कोको नाम जीजीएसई ४ रहेको छ ।

आईआरएएस स्याटेलाइट सन् १९८३ मा लञ्च भएको थियो । यसलाई पृथ्वीको निगरानीकालागि पठाईएको थियो र यसमा टेलिस्कोप जडान गरिएको थियो । यसको तौल १०८३ किलोग्राम रहेको छ । यसलाई नासा, नेदरल्याण्ड र बेलायतले स‌ंयुक्तरुपमा लन्च गरेका थिए । यो लगभग १५ किलोमिटर प्रतिसेकेण्ड गतिले घर्षणरहित भ्याकुममा चल्छ तर यसमा हाल ईन्धन छैन र यो मृत स्याटेलाइटको रुपमा रहेको छ ।

जीजीएई ४ अमेरिकाले सन् १९६७ मा लन्च गरेको स्याटेलाइट हो । यो अमेरिकी वायुसेनाले ग्राभिस्नल परीक्षणको पठाईएको स्याटेलाइट हो । यसको तौल ८५ किलोग्रामको छ । यो अन्तरिक्षमा १४ दशमलव ६४ किलोमिटर प्रतिसेकेण्डको गतिले घुम्ने गर्छ । यो स्याटेलाइट पनि प्रयोगमा छैन् ।

यदि यी दुई स्याटेलाइट एक आपसमा ठोक्किएका भए यसबाट उत्पन्न हुने अन्तरिक्ष फोहोरहरुले अन्य स्याटेलाइटहरुलाई क्षति हुने संभावना थियो । तर यो संभावना हालका लागि टरेको छ ।तर अन्तरिक्ष वैज्ञानिकहरुले भने आगामी दिनमा यस्तो समस्या र जोखिम झन बढ्नसक्ने चेतावनी दिएका छन् ।

नासाका अनुसार हाल अन्तरिक्षमा करिब २ हजार सक्रिय स्याटेलाइटहरुले पृथ्वीलाई परिक्रमा गरिरहेका छन् । त्यस्तै करिब २३ हजार भन्दा बढी ४ इन्च भन्दा ठूला अन्तरिक्ष फोहोरहरु रहेका छन् । अमेरिका एक्लैले मात्रै १ भन्दा बढी स्याटेलाइट संचालन गरिरहेको छऽ जसमा अधिकांश व्यवसायीक छन् । एजेन्सी

https://www.livescience.com/satellite-near-collision-miss-over-pittsburgh.html?jwsource=cl

easy care

प्रकाशित: १६ माघ २०७६, बिहीबार