चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण आइफोनको बिजनेशमा असर पर्ने

Technology Khabar १६ माघ २०७६, बिहीबार

चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण आइफोनको बिजनेशमा असर पर्ने

काठमाडौं ।

काठमाडौं । चीनमा नोवेल कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अहिले सम्म १०६ भएको छ भने चीनको ३० राज्यभरका ४,५१५ मानिसमा यसको संक्रमण रहेका पुष्टि भएको छ ।

हालै प्रकाशमा आएको एक रिर्पोटअनुसार एप्पलको सप्लायर फक्सकनले आफ्नो ताइवानमा रहेका कर्मचारीलाई चेतावनी जारी गरेको छ । यी कर्मचारीहरु न्यू इयर मनाउन ताइवान गएका थिए । यी कर्मचारीहरु हाल चीनको वुहान प्लान्टमा फर्किएका छैनन् ।

एक रिर्पोटअनुसार यस भाइरसको प्रकोपले गर्दा अमेरिकी टेक कम्पनी एप्पलको बिजनेशमा असर पार्ने बताइएको छ ।

एप्पल इनसाइडरको रिर्पोटअनुसार वुहानमा फक्सकनको फ्यासिलिटीमा यस भाइरसबाट कामकाजमा प्रभाव पर्ने देखिन्छ । यसबाट कम्पनिको प्रोडक्सनमा पनि असर पर्न सक्ने छ । जसको सिधा प्रभाव कम्पनीको दिर्घकालीन बिजनेसमा पर्नेछ । ताइवान मल्टिनेशनल कन्ट्रयाक मेनुफ्याक्चरिङ कम्पनी फक्सफनले आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ । यस बाहेक कम्पनीले फ्याक्ट्रीमा काम गर्ने कर्मचारीमाथी पनि स्वास्थ्य निगरानी बढाएको छ । कम्पनीले आफ्ना कर्मचारीलाई फेश मास्क प्रदान गरेको छ । जसले उक्त भाइरसबाट बच्न सहयोग पुर्याउँछ । कम्पनीले सबै कर्मचारी यो मास्क अनिवार्य लगाउन निर्देशन पनि दिएको छ ।

हालै आएको अर्को रिपोर्टअनुसार कोरोना भाइरसका कारण एप्पलको बजेट आइफोनको रुपमा आउन लागेको आइफोन एसई २ वा आइफोन ९ को उत्पादनमा समेत असर पर्ने देखिएको छ । एजेन्सी

easy care

प्रकाशित: १६ माघ २०७६, बिहीबार