अमेरिकी दबाबका बिच बेलायतले ५जी नेटवर्कमा ह्वावेलाई सहभागी गराउने

Technology Khabar १४ माघ २०७६, मंगलवार

अमेरिकी दबाबका बिच बेलायतले ५जी नेटवर्कमा ह्वावेलाई सहभागी गराउने

काठमाडौं ।

काठमाडौं । बेलायतले चिनियाँ टेलिकम कम्पनी ह्वावेलाई फाइभजी नेटवर्क विस्तारमा कम्पनीको भूमिकालाई स्वीकार गर्ने भएको छ।

यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित तहमा सामर्थ्य बिस्तार गर्नेगरी अनुमति दिईने रिपोर्टहरुमा उल्लेख गरिएको छ। ‘बेलायतले फाइभजी नेटवर्क विस्तारसम्बन्धी महत्वपूर्ण निर्णय लिएको छ,’ संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेका छन्।

अमेरिकाले चिनियाँ कम्पनीहरुका उत्पादनहरु प्रयोगले बेलायतको स्वाधिनता खतरामा हुने उल्लेख गरेको छ ।

फाइभजी नेटवर्क विस्तारका विषयमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ह्वावेलाई पूर्णरूपमा पाखा लगाउन वासिङ्टनले गरेको आग्रह र निरन्तर दवाबबीच यो निर्णय आएको छ।

तर बेलायतका वरिष्ठ अधिकारीले ह्वावेको सेवा बिस्तारका लागि सकारात्मक संकेत दिएका थिए भने बेलायती फाइनान्सियल टाइम्सले गत हप्ताको अन्त्यमा यसबारे सार्वजनिक प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री जोनसनले ह्वावे माथिको प्रतिबन्धित भूमिकालाई ‘स्वीकृति दिने अपेक्षा गरिएको’ समाचार प्रकाशित गरेको थियो। जसमा प्रधानमन्त्री जोनसनले बजार हिस्सामा क्याप लगाईने उल्लेख थियो ।

बेलायती मन्त्रीहरूले ह्वावेको बजार हिस्सामा नियन्त्रणको नीति लिइने बताएका थिए । यस बीचमा बेलायतले ह्वावेलाई ५ जीका सहायक प्रविधिजन्य एन्टेना र आधार स्टेसनहरूलाई पोल तथा छानाहरूमा जोड्न नदिनेजस्ता स्वतन्त्र तर व्यापक अनुमानहरू गरिएका थिए।

संयुक्त राज्य अमेरिकाले ह्वावेको नियन्त्रण बेइजिङसँग रहने भन्दै उसको नयाँ पुस्ताको फाइभजी मोबाइल नेटवर्कहरूलाई विस्तार गर्ने विषयमा चासो व्यक्त गर्दै कडारूपमा असन्तुष्टि व्यक्त गर्दै आएको थियो।

यूरोपका अधिकांश अपरेटरहरुले ह्वावे माथिको प्रतिबन्धलाई हटाउन लबिङ्ग गर्दै आएका थिए । तर अर्कोतर्फ उनीहरुले आफ्नो कोर नेटवर्कबाट ह्वावेका उत्पादनहरु हटाउँदै थिए । एजेन्सी

easy care

प्रकाशित: १४ माघ २०७६, मंगलवार