भारत प्रशासित काश्मीरमा २जी इन्टरनेट सेवा शुरु, सोशल मिडिया प्रयोगमा भने अझै रोक

Technology Khabar १२ माघ २०७६, आईतवार

भारत प्रशासित काश्मीरमा २जी इन्टरनेट सेवा शुरु, सोशल मिडिया प्रयोगमा भने अझै रोक

काठमाडौं ।

काठमाडौं । भारत प्रशासित कश्मीरमा प्रशासनले २० जिल्लामा इन्टरनेट सेवा शुचारु गर्ने फैसला लिएको छ । ती २० जिल्लाहरुमा शनिवार बिहानदेखि २जी मोबाइल इन्टरनेट सेवा शुरु गरिएको छ ।

इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार हाल आंशिक रुपमा इन्टरनेटमा रोक कायम हुनेछ र मानिसहरुले इन्टरनेट सेवाहरुका लागि केबल ३०१ वेबसाइटहरुमात्र प्रयोग गर्न सक्नेछन् । तर इन्टरनेट सुचारु भएपनि सोशल मिडिया एप्सको प्रयोग भने अझै प्रतिबन्धित रहेको छ ।

गएको पाँच अगस्टमा जम्मू कश्मीरबाट भारतीय सरकारले संविधानको विशेष व्यवस्थासहितको धारा ३७० हटाएपछि त्यहा संचार सेवाहरुमा प्रतिबन्ध लगाईएको थियो ।

यसअघि गएको १५ जनवरीमा आवश्यक सेवाहरुका लागि मात्र ब्रोडब्याण्ड सेवाहरु शुरु गरिएको थियो ।

शुक्रबार जारी गरिएको आदेशअनुसार यो इन्टरनेटमा पहुँच ह्वाइटलीस्टमा भएका क्षेत्रहरुमा मात्र सिमित हुनेछ । र नेटवर्कको स्पीड केबल २जीमा नै सिमित हुनेछ भने आगामी ३१ जनवरीपछि यसको समीक्षा गरिने बताईएको छ ।

easy care

प्रकाशित: १२ माघ २०७६, आईतवार