भारतीय मोबाइल मार्केटमा रियलमीलाई शाओमीको धक्का, सामसङ दोस्रो स्थानमा खुम्चियो

Technology Khabar ९ माघ २०७६, बिहीबार

भारतीय मोबाइल मार्केटमा रियलमीलाई शाओमीको धक्का, सामसङ दोस्रो स्थानमा खुम्चियो

काठमाडौं ।

काठमाडौं । भारतीय स्मार्टफोनको मार्केटले पुरै विश्व मोबाइल बजारमा ठुलो हिस्सा ओगट्दछ । यदि कुनै स्मार्टफोनको ब्रान्ड भारतमा हिट हुनुको अर्थ यसले ग्लोबल मञ्चमा ठुलो मार्केट शेयर ओगट्दछ । यस कुरालाई टेक क्षेत्रका ब्रान्डहरुले पनि बुझेका छन् र भारतीय प्रयोगकर्ताको माग अनुरुपको डिभाइसहरु उत्पादन गर्दछन्।

भारतीय स्मार्टफोनको मार्केटमा चासो राख्ने रिसर्च फर्म आईडीसीले एक नयाँ रिर्पोट पेश गरेको छ जसमा वर्ष २०१९ को अन्तिम त्रैमासिकमा कुन कम्पनीको कति नाफा र घाटा रह्यो देखाइएको छ । रिर्पोटअनुसार वर्ष २०१९ मा सामसङ र शाओमीले जबरजस्त मार्केट लिँदा अर्को कम्पनी रियलमीलाई भने निकै नोक्सानी भएको देखाएको छ ।

आईडीसीले आफ्नो रिर्पोटमा शाओमी, सामसङ, रियलमी, ओपो र भीभोको आंकडा र मार्केट शेयरको जानकारी दिएको छ । आईडीसीको यस रिर्पोटले सबै ब्रान्डहरुका जुलाई २०१९ देखि नोभेम्वर २०१९ सम्मको लेखाजोखा सार्वजनिक गरेको छ । रिर्पोटअनुसार सामसङ र शाओमीले प्रत्येक महिना भारतीय बजारमा प्रगती गर्दै आफ्नो हिस्सेदारीलाई बढाउँदै लगेका छन भने रियलमीको मार्केट शेयर नराम्ररी तल झरेको छ ।

वर्षको अन्तिम त्रैमासिकमा शाओमीको समग्र मार्केट शेयर ३०.४२ प्रतिशत रहेको छ जुन वर्ष २०१९ को जुलाई महिनामा २८.३६ प्रतिशत रहेको थियो । कम्पनीको जुलाईमा अनलाइन मार्केट शेयर ४२.०९ रहेको थियो भने सेप्टेम्वरमा यो घटेर ३८.०२ प्रतिशतमा रहन पुग्यो । तर अक्टोवर र नोभेम्वर महिनामा शाओमीको बजारमा राम्रो प्रदर्शन हुँदा यो ४३.८२ हुँदै ४७.७६ प्रतिशतमा पुग्न गयो ।

भारतीय बजारमा शाओमीको मार्केट शेयरमा वृद्धि हुँदा अर्को स्मार्टफोन उत्पादक कम्पनी रियलमीले भने आफ्नो बजार हिस्सा नराम्ररी गुमाउन पुगेको छ । कम्पनीको वर्ष २०१९ अगस्ट महिनामा अनलाइन मार्केट शेयर २९.१३ प्रतिशत रहेको थियो जुन नोभेम्वरसम्म आईपुग्दा घटेर ७.३२ प्रतिशत हुन पुग्यो । त्यहि ओभरअल मार्केटको कुरा गर्दा रियलमी ब्रान्ड सेप्टेम्वर महिनामा १६.७४ प्रतिशत मार्केट शेयरको साथ सामसङलाई पनि पछि छोड्दै भारतीय स्मार्टफोन मार्केटमा दोस्रो स्थानमा उक्लिएको थियो । तर दुई महिनाको अन्तरमा नै कम्पनीले ठुलो गिरावटको सामना गर्नुपर्यो । वर्षको अन्त्य सम्ममा आफ्नो मार्केट शेयर ८.२३ प्रतिशतमा झरेर दोस्रो स्थानबाट पाँचौ स्थानमा खुम्चिन पुग्यो ।

अन्य ब्राण्डहरुको कुरा गर्दा सामसङ २१.०८ प्रतिशतको साथ दोस्रो स्थानमा, भीभो १६.९२ प्रतिशतको साथ तेस्रो स्थानमा रहँदा ११.८८ प्रतिशत ओभरअल मार्केट शेयरको साथ ओपो चौथो स्थानमा रहेको छ ।

easy care

प्रकाशित: ९ माघ २०७६, बिहीबार