डेढ करोड रुपैयाँ बराबरका ६३४ थान चोरीका माेबाइल सेट बरामद

Technology Khabar ९ माघ २०७६, बिहीबार

डेढ करोड रुपैयाँ बराबरका ६३४ थान चोरीका माेबाइल सेट बरामद

काठमाडौं ।

काठमाडौं । नेपाल प्रहरीले विभिन्न कम्पनीका ६३४ थान मोबाइल सेटसहित दुई जनालाई काठमाडौंको नागढुङ्गाबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बुधबार बिहान राति नागढुंगाबाट डेढ करोड बराबरको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकोटकाअनुसार पक्राउ पर्नेमा काठमाडौं-३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर-१ का इन्द्रबहादुर कटुवाल छन्।

प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेट भएको डिएल२सीएटी ७०१७ नम्बरको कारबाट सो रकम बराबरको मोबाइल बरामद गरिएको हो। चन्द्रागिरी-२ को चेक प्वाइन्टमा प्रहरीले इनोभा ब्राण्डको खरानी रंगको कारलाई रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा मोबाइल फेला पारेको हो।

कारभित्र रहेको एयर ब्याग, सिट, डिकी लगायतलाई फल्स बटमको रुपमा प्रयोग गरी सामसङ, ओप्पो, आइफोन, लेनोभो, नोकिया, हुवाई, नोकिया लगायत १८ ब्राण्डका ६३४ वटा मोबाइल लुकाई छिपाई ल्याएको प्रहरीले जानकारी दिएको छ। मोबाइलसँगै एलसिडी तथा टच स्क्रिन कभर ८६ थान पनि बरामद भएको छ।

ती मोबाइलको अनुमानित बजार मूल्य १ करोड ५० लाख रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

easy care

प्रकाशित: ९ माघ २०७६, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार