भारतमा स्विच अन र अफ हुने एटिएमकार्ड प्रयोग हुने, भारतीय केन्द्रिय बैंकले दियो निर्देशन

Technology Khabar २ माघ २०७६, बिहीबार

भारतमा स्विच अन र अफ हुने एटिएमकार्ड प्रयोग हुने, भारतीय केन्द्रिय बैंकले दियो निर्देशन

काठमाडौं ।

काठमाडौं । अधिकांश मानिसहरु बैंकिङ्ग ठगीमा आफु परेपछि उनिहरुले आफ्नो कार्ड बन्द गराउनको लागी कस्टमर केयरमा कल गर्नुपर्ने हुन्छ । यसपछि मात्रै उनीहरुको डेबिट या क्रेडिट कार्ड बन्द गर्न अनुरोध गर्न सक्दछन् ।

तर भारतमा अब आउने समयमा यसबाट मुक्त हुन एक खास सुबिधायुक्त कार्डहरु आउन लागेको छ। अब नयाँ सुबिधाको रुपमा सेवाग्राहीले नै कार्डलाई स्विच अन र अफ गर्न सक्नेछन् । यस्तोमा सेवाग्राहीले कस्टमर केयर सेन्टरमा फोन गर्नुपर्ने बाध्यता रहँदैन् । सेवाग्राही आफैंले नै यसलाई बन्द गर्न सक्नेछन् ।

वास्तवमा रिजर्व ब्याङ्क अफ इन्डिया (आरबीआई) ले सबै भारतीय बैंकहरु र कार्ड जारी गर्ने अन्य कम्पनीहरुलाई ग्राहकहरुलाई उनिहरुको डेबिट या क्रेडिट कार्ड स्वयमले बन्द गर्न र खोल्न सक्ने सुबिधा प्रदान गर्न निर्देशन गरेको छ । ग्राहकहरुलाई यस्तो बिकल्प मोबाइल एप, इन्टरनेट बैकिंङ, एटीएम मेशिन जस्तो माध्यमबाट पाइने छ ।

रिजर्व ब्याङ्कले यस्तो सुबिधा २४ घण्टा नै उपलब्ध हुनुपर्ने यस्तो बिकल्प ग्राहकहरुको मोबाइल एप, इन्टरनेट बैकिंङ एटीएम मेशिन र ‘भ्वाइस रेस्पोन्स’ समेतको जसरी पनि प्रयोग गर्नसक्ने हुनुपर्ने बताएको छ ।

भारतको केन्द्रिय बैंकले हाल जुन कार्ड अनलाइन भुक्तानीका लागी प्रयोग गरिएको छैन, ती कार्डहरुलाई यस प्रकारको भुक्तानको लागी अनिवार्य रुपमा निष्किृय गर्नुपर्ने जनाएको छ ।

यद्पी आरबीआईको ताजा निर्देशन प्रिपेड गिप्ट कार्ड र मोट्रो कार्ड जस्तामा लागु नहुने बतार्ईएको छ । एजेन्सी

easy care

प्रकाशित: २ माघ २०७६, बिहीबार