काठमाडौं भित्रै एनसेलका टावरहरुमा आगजनी, मोबाइल सेवा अवरुद्ध

Technology Khabar २९ पुष २०७६, मंगलवार

काठमाडौं भित्रै एनसेलका टावरहरुमा आगजनी, मोबाइल सेवा अवरुद्ध
फाइल

काठमाडौं ।

काठमाडौं । काठमाडौं उपत्यकाभित्रै मोबाइल फोन सेवा प्रदायक एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।

दक्षिणकाली नगरपालिकाको छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी गरिएको हो । सो आगजनी कसले किन गर्यो भन्ने जानकारी छैन् ।

यसअघि राजधानीबाहिरका एनसेल टावरहरुमा अज्ञात समूहले आगजनी गरेको समाचारहरु आईरहेका थिए भने हाल काठमाडौं उपत्यकाभित्रै एनसेल टावरमा आगजनी भएको छ ।

आगजनीबाट केबल, तथा उपकरणहरु जलेको बताईएको छ । आगजनीका कारण टावरमा क्षति हुँदा सो क्षेत्र वरपरको एनसेलको सेवा अवरुद्ध भएको छ ।

आगजनीको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् ।

यसैबिच नेपाल दूरसंचार प्राधिकरणले समेत मोबाइल सेवाका टावरहरुमा क्षती पुर्याई सेवा अवरुद्ध गर्ने कार्य भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना नै प्रकाशित गरेर दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको र यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेको छ ।

‘तसर्थ नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावर लगायतका प्रणालीमा क्षती नपुर्याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्वन्धित सबैमा अनुरोध गरिन्छ,’ प्राधिकरणको सूचनामा भनिएको छ ।

 

easy care

प्रकाशित: २९ पुष २०७६, मंगलवार