कुलप्याडको पहिलो ५जी स्मार्टफोन लिगेसी लन्च, यस्तो छ विशेषताहरु

Technology Khabar २९ पुष २०७६, मंगलवार

कुलप्याडको पहिलो ५जी स्मार्टफोन लिगेसी लन्च, यस्तो छ विशेषताहरु

काठमाडौं ।

चिनियाँ कम्पनी कुलप्याडले कन्जुमर इलेक्ट्रोनिक्स शोमा आफ्नोे पहिलो ५जी स्मार्टफोन लिगेसी लन्च गरेको छ । कम्पनीकाअनुसार यो सस्तो ५जी स्मार्टफोन हो र सबैभन्दा पहिला यसको बिक्री युरोपेली बजारमा हुनेछ ।

कुलप्याडको यो स्मार्टफोनको मुल्य ४०० डलर भित्र नै हुनेछ । फोनमा ५जी कनेक्टिभिटीका साथ ४८ मेगापिक्सलको क्यामरा हुनेछ ।

यस फोनमा सिङ्गल सिम सर्पोट पाईनेछ । कुलप्याड लिगेसी ५जी एन्ड्रोयड १० अपरेटिङ सिस्टममा आधारित हुनेछ । साथै यसमा कम्पनीको भेनिला ओएस पनि पाइनेछ । फोनमा ६.५३ इन्चको फुल एचडि प्लस आइपिएस एलसिडी वाटरड्रप नोच डिस्प्ले दिइएको छ ।

फोनमा क्वालकम अक्टाकोर स्न्यापड्रयागन ७६५ प्रोसेसर दिइएको छ भने स्न्यापड्रयागन एक्स५२ ५जी मोडेम पाईनेछ । यो स्मार्टफोनमा ४जीबी ¥याम र ६४ जीबीको स्टोरेज पाइनेछ । माइक्रो एसडी कार्डको मदतले स्टोरेजलाई १२८ जीबी सम्म बढाउन मिल्नेछ ।

फोनमा ड्यूल रियर क्यामरा दिईएको छ । जसमा ४८ मेगापिक्सलको लेन्स र ८ मेगापिक्सलको वाइड एङ्गल लेन्स क्यामेरा रहेको छ । सेल्फिको लागी यसमा १६ मेगापिक्सलको फिक्स्ड फोकस लेन्स दिइएको छ ।

फोनमा ४,००० एमएएचको ब्याट्री रहेको छ भने १८ वाटको फास्ट चार्जिङलाई सर्पोट गर्दछ । यसमा क्वालकम क्विक चार्ज ३.० टेक्नोलोजीको प्रयोग गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: २९ पुष २०७६, मंगलवार