शाओमी भारतमा ल्यापटप लन्च गर्ने तयारीमा, रेडमी बुक ब्राण्डको ट्रेडमार्क दर्ता

Technology Khabar २३ पुष २०७६, बुधबार

शाओमी भारतमा ल्यापटप लन्च गर्ने तयारीमा, रेडमी बुक ब्राण्डको ट्रेडमार्क दर्ता
Global IME Bank

काठमाडौं ।

काठमाडौं । शाओमीले भारतीय मार्केटमा रेडमी बुक ब्राण्डका लागि ट्रेडमार्क रजिस्टर गरेको छ । यसले शाओमी भारतीय बजारमा नयाँ ल्यापटप सार्वजनिक गर्ने इसारा दिएको बुझिन्छ । अहिलेसम्म कम्पनीले चिनियाँ बजारमा एमआई र रेडमीबुकका ल्यापटप सार्वजनिक गर्दै आएको छ ।

तर इन्टेलेक्चुअल प्रोपटी इन्डियाको वेबसाइटमा कम्पनीलाई रजिस्टर गरेअनुसार भारतीय बजारमा शाओमी चाँडै नै रेडमी बुक सिरीजको ल्यापटप सार्वजनिक गर्दैछ ।

स्मरण रहोस इन्टेलेक्चुअल प्रोपटी इन्डियाको जिम्मेदारी प्याटेन्टमा हो र यो वाणिज्य मन्त्रालय मातहत रहेर काम गर्दछ । ट्रेडमार्क लिस्टिङ अनुसार कम्पनीले गत साल अप्रिल महिनामा यसको आवेदन दिएको थियो र यसको म्याद २०२९ सम्म रहेको छ ।

रेडमी बुक ब्राण्ड कम्पनीको रेडमी सब ब्राण्डको हिस्सा हो । ल्यापटप, राउटर र अडियो प्रोडक्ट ल्याउनु पहिले रेडमीलाई किफायती स्मार्टफोन सार्वजनिक गर्ने शाओमीअन्तरगतको रुपमा चिनिन्थ्यो ।

यसब्राण्डको ल्यापटपलाई पनि किफायति मानिन्छ र यो चिनियाँ मार्केटमा यसअघिदेखि नै उपलब्ध छ । रेडमीबुक ब्राण्डलाई ट्रेडमार्क रजिस्टर गरेबाट यो स्पष्ट छ की शाओमी भारतीय बजारमा नयाँ ल्यापटप लन्च गर्दैछ । तर कहिले ? यसबारे कम्पनीले केहि बोलेको छैन ।

चिनियाँ टेक कम्पनीले गएको वर्ष घरेलु बजारमा रेडमी बुक १३ लन्च गरेको थियो । यसका साथै रेडमी के३० स्मार्टफोनबाट पनि सार्वजनिक गरेको थियो । नयाँ रेडमीबुक १०औ जेनेरेशन इन्टेल प्रोसेसर, १३.३ इन्चको फुल एचडी एन्टि ग्लेसर डिस्प्ले, ८९ प्रतिशत स्क्रिन सेपर्स र सिङ्गल चार्जमा ११ घण्टा ब्याट्री ब्याकअपको साथ पाइन्छ । रेडमी १३ को मुल्य ४,१९९ चिनियाँ युआनबाट सुरु हुन्छ । यसमा इन्टेल कोर आई५ सँगै ८ जीबी र्याम र ५१२ जीबी स्टोरेज पाइनेछ । एजेन्सी

Sajilo Visa

प्रकाशित: २३ पुष २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार