यी स्मार्टफोनहरुमा एन्ड्रोइड १२ अपडेट उपलब्ध गराउँदै शाओमी

Technology Khabar १४ भाद्र २०७८, सोमबार

यी स्मार्टफोनहरुमा एन्ड्रोइड १२ अपडेट उपलब्ध गराउँदै शाओमी
Global IME Bank

काठमाडौं ।

दोस्रो त्रैमासमा विश्वभर स्मार्टफोन बिक्री सङ्ख्याका आधारमा सामसङलाई उछिन्दै शीर्षस्थानमा रहन सफल शाओमीले आफ्ना विभिन्न मोडलका स्मार्टफोनहरुमा एन्ड्रोइड १२ अपडेट उपलब्ध गराउने भएको छ।

एमआईयूआई १२.५ भर्खरै केही सेटहरुमा उपलब्ध गराउन लागेको कम्पनीले यो सँगै अब एन्ड्रोइड १२ अपडेट पनि ल्याउन लागेको हो।

हालै बाहिरिएको एउटा अनाधिकारि सूचीमा एन्ड्रोइड १२ अपडेट पाउने विभिन्न स्मार्टफोनहरु उल्लेख गरिएका छन्। शाओमीको आधिकारिका अपडेट आउँदा केही सेटहरुमा तलमाथि हुन भने सक्छ।

यो सूचीमा रेडमी, पोको तथा ब्ल्याक शार्कका छन् भने यीमध्ये कतिपय सेटमा यस अघि नै एन्ड्रोइड १२ को इन्टर्नल बिटा वा क्लोज्ड बिटा भर्सन चलिरहेका छन्।

यस्तो छ एन्ड्रोइड १२ अपडेट पाउने स्मार्टफोनको सूची:

इन्टर्नल बिटा पाएकाहरु

  • मिक्स ४
  • शाओमी एमआई ११एक्स/पोको एफ३/रेडमी के४०
  • एमआई ११ लाइट फाइभजी
  • शाओमी एमआई १० एस
  • एमआई १०/ एमआई १० प्रो/ एमआई १० अल्ट्रा
  • शाओमी एमआई १० टी/ एमआई १०टी प्रो/ रेडमी के ३०एस अल्ट्रा
  • एमआई प्याड ५/ एमआई प्याड ५ प्रो/ एमआई प्याड ५ प्रो फाइभजी
  • रेडमी के३० प्रो/ रेडमी के३० जूम/ पोको एफ २ प्रो
  • रेडमी नोट ८ २०२१
  • पोको एक्स ३ प्रो

क्लोज्ड बिटा पाएकाहरु

  • एमआई ११आई/ एमआई ११एक्स प्रो / रेडमी के४० प्रो/ रेडमी के४० प्रो+
  • एमआई ११/ एमआई ११ प्रो/ एमआई ११ अल्ट्रा

एन्ड्रोइड १२ अपडेट पाउने एमआई डिभाइसहरु

  • एमआई मिक्स फोल्ड
  • शाओमी एमआई ११ लाइट फोरजी
  • एमआई १० लाइट फाइभजी/ एमआई १० लाइट जूम/ एमआई १० युथ फाइभजी
  • शाओमी एमआई १०आई/ एमआई १० टी लाइट
  • एमआई नोट १०/ एमआई नोट १० प्रो/ एमआई सीसी९ प्रो
  • शाओमी एमआई नोट १० लाइट

एन्ड्रोइड १२ अपडेट पाउने रेडमी र पोको डिभाइसहरु

  • रेडमी १०
  • ब्ल्याक शार्क ३ सिरिज
  • रेडमी १०एक्स फाइभजी/रेडमी १०एक्स प्रो
  • रेडमी नोट ९एस/ रेडमी नोट ९प्रो/ रेडमी नोट ९प्रो म्याक्स/ रेडमी नोट ९ फाइभजी/ रेडमी नोट ९टी / रेडमी नोट ९प्रो फाइभजी/
  • पोको एक्स२/ पोको एक्स३/ पोको एक्स३ एनएफसी
  • रेडमी के३० अल्ट्रा
  • रेडमी के४० गेमिङ
  • पोको एफ३ जीटी
  • रेडमी के३०/ रेडमी के३० फाइभजी/ रेडमी के३० फाइभजी रेसिङ/ रेडमी के३०आई फाइभजी
  • पोको एम३ प्रो फाइभजी
  • पोको एम३
  • ब्ल्याक शार्क ४ सिरिज
  • रेडमी नोट १०/ रेडमी नोट १०एस/ रेडमी नोट १०टी/ रेडमी नोट १० फाइभजी/ रेडमी नोट १० प्रो/ रेडमी नोट १० म्याक्स/ रेडमी नोट १० प्रो फाइभजी (चीन )
  • पोको एम२ प्रो
  • रेडमी ९टी/ रेडमी ९ पावर/ रेडमी ९ फोरजी रेडमी (चीन )
Sajilo Visa

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार