मोबाइल ब्यालेन्सको प्रयोग गरी वस्तु तथा सामान किन्न सकिने, प्राधिकरणले पास गर्यो कार्यबिधि

Technology Khabar २३ पुष २०७६, बुधबार

मोबाइल ब्यालेन्सको प्रयोग गरी वस्तु तथा सामान किन्न सकिने, प्राधिकरणले पास गर्यो कार्यबिधि

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल ब्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवाहरु खरिद गर्न सक्ने व्यवस्थाकोलागि नयाँ कार्यविधि जारी गरेको छ ।

प्राधिकरणको बोर्ड बैठकबाट पारित गरिएको सो कार्यबिधिले मोबाइल, ट्याबलेटलगायतका डिभाइसहरुको प्रयोगद्धारा वस्तु तथा सामाग्रीहरु खरिद गर्न सक्ने सुविधा दिएको छ ।

विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि, २०७६का अनुसार मोबाइल ब्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवाहरु खरिद गर्न सक्ने व्यवस्था गरिएको हो । तर यस्तो व्यवस्था भने दूरसञ्चार सेवा प्रदायकले मात्र उपलब्ध गराउन सक्ने कार्यबिधिमा उल्लेख छ । त्यसैगरि विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा एक पटकमा १ एक हजार रुपैया सम्म र मासिक रुपमा १० हजार रुपैयाँसम्मको मात्र खरिद कारोवार गर्न पाइनेछ ।

नयाँ कार्यविधिअनुसार विद्युतीय माध्यमबाट खरिद गरिने वस्तु तथा सेवाहरु विभिन्न मोबाइल वालेटहरुबाट समेत भुक्तानी गर्न सकिने सुविधा दिईएको छ ।

हाल प्रचलनमा रहेका मोवाईल भुक्तानी सम्वन्धी सेवहरुबाट खरिद गर्न सकिने र उक्त खरिदमा दूरसञ्चार सेवा शुल्क नलाग्ने व्यवस्था रहेको हुंदा उक्त व्यवस्थास“ग समानता तथा एकरुपता कायम गर्ने गरी यस्ता विद्युतीय वस्तु तथा सेवा खरिदमा दूरसञ्चार सेवा शुल्क नलाग्ने व्यवस्था गर्नका लागि प्राधिकरणले सम्बन्धित निकायमा समन्वय गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

easy care

प्रकाशित: २३ पुष २०७६, बुधबार

ताजा समाचार