दूरसंचार प्राधिकरणले भन्यो- परियोजना अनुगमनमा आउने व्यक्तिले पैसा मागे तत्काल खबर गर

Technology Khabar १८ पुष २०७६, शुक्रबार

दूरसंचार प्राधिकरणले भन्यो- परियोजना अनुगमनमा आउने व्यक्तिले पैसा मागे तत्काल खबर गर

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विभिन्न परियोजनाहरुको अनुगमनमा चेक जाँच गर्न आएको भनि पैसा उठाउने कार्य भएको भन्दै सतर्क हुन अनुरोध गरेको छ ।

प्राधिकरणले सामुदायिक माध्यमिक विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने र स्थानियतहका कार्यालयहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्य गरिरहेको समयमा त्यस्ता परियोजनाहरु अनुमगनको नाममा पैसा उठाउनेहरुबाट सर्तक हुन भनेको हो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै यदि कसैले शुल्क लिने वा माग गरेको खण्डमा प्राधिकरणलाई जानकारी गराउन वा प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ ।

विभिन्न स्थानहरुमा केही मानिस प्राधिकरणबाट अनुगमनमा चेक जाँच गर्न आएको भनि पैसा उठाउने जस्ता कार्य भएको जानकारी प्राप्त भएको प्राधिकरणको भनाई छ ।

प्राधिकरणबाट संचालित सम्पूर्ण परियोजनाहरु निशुल्करुपमा उपलब्ध गराईएको र ती परियोजनाहरुको अनुमगनका लागि नियुक्त परामर्शदाता वा कर्मचारीहरु आफैं खटिने व्यवस्था रहेको र अनुमनको लागि आउने व्यक्तिको परिचय पत्र वा प्राधिकरणको पत्र हेरेर मात्र अनुगमन गर्न वा निरिक्षण गर्न भनेको छ ।

easy care

प्रकाशित: १८ पुष २०७६, शुक्रबार