गूगलको आर्टिफिशियल इन्टेलिजेन्स सिस्टम स्तन क्यान्सर पहिचान गर्न सहयोगी

Technology Khabar १७ पुष २०७६, बिहीबार

गूगलको आर्टिफिशियल इन्टेलिजेन्स सिस्टम स्तन क्यान्सर पहिचान गर्न सहयोगी

काठमाडौं ।

काठमाडौं । गूगलको आर्टिफिशियल इन्टेलिजेन्स सिस्टम महिलाहरुमा हुने ब्रेस्ट क्यान्सर पहिचान गर्नका लागि उपयोगी भएको पत्ता लागेको छ ।

गूगलले बेलायत र अमेरिकामा क्लिनिकल रिसर्च पार्टनर्ससँगको सहकार्यमा स्तन क्यान्सरको पहिचान गर्न आफ्नो आर्टिफिशियल इन्टेलिजेन्स(एआई) प्रयोग गरिरहेको छ ।

यसको लागि गूगलले म्यामोग्राम्स रिडिंग गर्नका लागि एआई मोडल विकास गरेको छ जसले स्तनको एक्सरे गर्दछ । जसले गर्दा रेडियोलोजिस्टहरुलाई स्तन क्यान्सरको सटिकरुपमा संकेत पत्ता लगाउन सहयोग गरिरहेको छ ।

गूगलको एआई मोडललाई प्रतिनिधिमूलक डाटासेटको आधारमा ट्रेण्ड गराईएको छ, जुन बेलायतका ७६ हजार महिलाहरु र अमेरिकाका १५ हजार भन्दा बढि महिलाहरुको म्यामोग्राम्सलाई पुन पहिचान गराएको आधारमा रहेको छ । जसले गर्दा स्तन क्यान्सरको स्पट साइनलाई स्क्यान गर्न सहयोगी भएको छ ।

यसको सटिकताको लागि मोडललाई यसअघि नै डाइग्नोस गरिएका म्यामोग्राम्सहरुको छुटै सेटमा परीक्षण गरिसकिएको थियो ।

गूगलकाअनुसार यो एआई मोडलले दुबै देशका रेडियोलोजिस्टको भन्दा राम्रो परिणाम दिएको छ ।अमेरिकाका ३ हजार महिलाहरुलाई स्क्यान गरेर ५.७ प्रतिशत गलत पहिचानहरुलाई घटाएको छ भने ९.४ प्रतिशत गलत नेगेटिभ्सलाई कम गरेको छ । बेलायतका २५ हजार म्यामोग्राम्समध्ये सो सिस्टमले फल्स नेगेटिभ्सलाई २.७ प्रतिशत र फल्स पोजिटिभलाई १.२ प्रतिशतले कम गरेको थियो ।

भविश्यका एप्लिकेसनहरुमा, यसले प्रतिबद्धतात्मक संकेतहरु दिएको छ की यो मोडलले सटिकता र दक्षतालाई वृद्धि गर्न सकिएको छ, साथसाथै यसले बिरामीहरुका लागि दबाब र कुने समय पनि घटाएको छ, गूगलले भनेको छ ।

गूगलबाहेक आईबिएमले पनि एआई प्रोजेक्ट लन्च गरेको छ जसले क्यान्सर पहिचानको लागि काम गरिरहेको छ । एजेन्सी

easy care

प्रकाशित: १७ पुष २०७६, बिहीबार

ताजा समाचार