नयाँ कानून पारित भएमा भारतमा विकिपेडिया बन्द हुनसक्ने, सम्पर्क कार्यालय खोल्नुपर्ने प्राबधान

Technology Khabar १४ पुष २०७६, सोमबार

नयाँ कानून पारित भएमा भारतमा विकिपेडिया बन्द हुनसक्ने, सम्पर्क कार्यालय खोल्नुपर्ने प्राबधान

काठमाडौं ।

काठमाडौं । गएको डिसेम्बरमा भारतीय सरकारले आफ्नो कानूनमा संसोधन गर्ने प्रस्ताव गरेसँगै अनलाइन इन्साइक्लोपेडिया विकिपेडियाले भारतमा आफ्नो साइट बन्द गर्न सक्ने संभावना भएको छ ।

भारतले इन्टरमिडियरिज गाइडलाइन्समा परिवर्तन गर्ने प्रस्ताव पारित भएको खण्डमा भारतमा विकिपेडियाको सेवा बन्द हुनसक्ने बताईएको छ। सो गाइडलाइनमा प्रस्ताव गरिएका विषयहरु पारित भएमा वेबसाइट संचालन गर्ने कम्पनीहरुले भारतमा भौतिकरुपमा देखिने गरि दर्ता गरेर कार्यालय संचालन गर्नुपर्नेछ भने सरकारी निकायहरुसँग संयोजन गर्ने तथा सम्पर्क गर्नसक्ने गरि सम्पर्क व्यक्ति तोक्नुपर्नेछ।

यस्तो नयाँ प्रस्तावित कानून भारतमा ५० लाख भन्दा बढि यूजर्स भएका वेबसाइटहरु तथा माेबाइल एप कम्पनीहरुले पालना गर्नुपर्नेछ ।

सो नयाँ प्रस्तावित कानूनको बारेमा चासो राख्दै विकिपेडिया संचालन गर्ने गैर नाफामुलक संस्था विकिमिडिया फाउण्डेसनका जनरल काउन्सिल एमान्दा केटोनले भारतीय सरकारलाई खुलापत्र लेखेकी छिन् । उनले विकिपेडिया ओपन ईडिटिंग मोडलमा संचालन हुने र नयाँ आवश्यक प्रावधानहरुले वित्तिय गैर नाफामूलक प्रविधि संस्थाहरुलाई आर्थिक भार पर्ने बताईन् । उनले यो नयाँ प्रावधानले देशमा भएका इन्टरनेट यूजर्सको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सिमित समेत पार्ने उल्लेख गरिन् ।

विकिपेडियाबोहक अन्य गैरनाफामूलक टेक कम्पनीहरु मोजिल्ला, गीटहबले पनि संयुक्तरुपमा पत्र लेखेका छन् ।

नयाँ प्रस्तावित निर्देशिकाहरुको उद्धेश्य भारतीय नागरिकमरुका लागि सुरक्षित इन्टरनेट कानूनको माध्यमबाट बनाउनु रहेको छ । जसमा अनधिकृत सूचनाहरु तथा कन्टेन्टहरुलाई फिल्टर गर्नुपर्ने प्रावधानहरु समेत राखिएका छन् ।

गत महिनामात्रै विकिपेडियाले भारतबाट ७७ करोड १० लाख भ्यूज पाएको थियो जून विश्वको पाँचौं ठूलो बजार हो । एजेन्सी

easy care

प्रकाशित: १४ पुष २०७६, सोमबार