एनसेलको भ्वाइस कलबाट हुने आम्दानी घट्यो, इन्टरनेट सेवा प्रदायकहरुसँगको प्रतिस्पर्धा कारण

Technology Khabar १३ मंसिर २०७६, शुक्रबार

एनसेलको भ्वाइस कलबाट हुने आम्दानी घट्यो, इन्टरनेट सेवा प्रदायकहरुसँगको प्रतिस्पर्धा कारण

काठमाडौं ।

काठमाडौं । निजी मोबाइल अपरेटर कम्पनी एनसेल प्रालिको मोबाइलबाट हुने आम्दानीमा कमी आएको छ । हालै आएको रिपोर्टअनुसार सन् २०१९ को त्रैमासमा एनसेलको मूख्य व्यवसाय मोबाइलबाट हुने आम्दानी अर्थात भ्वाइस कलबाट हुने आम्दानी ३.५ प्रतिशतको कमी आएको छ ।

एनसेलको आम्दानी घट्नुमा नेपाली इन्टरनेट सेवा प्रदायकहरुसँगको तिब्र प्रतिस्पर्धालाई मानिएको छ । यसका साथै बिजनेस सपोर्ट सिस्टम माइग्रेसनको कारण पनि आम्दानी गरेको बताईएको छ ।

एनसेलको आम्दानीमा अघिल्लो वर्षको तुलनामा तेस्रो त्रैमासिकमा १.१ प्रतिशतले आम्दानी घटेको हो । एनसेलले सो अवधिमा कुल ४१ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष सोहि अवधिमा ४४ अर्ब १२ करोड रुपैयाँ थियो ।

कम्पनीको आम्दानी घटेसँगै नाफा पनि घटेको छ । सन् २०१९ को तेस्रो त्रैमासमा खुद नाफा १९.३५ प्रतिशते घटेको हो ।

तेस्रो त्रैमासमा एनसेलले १२ अर्ब १८ करोड रुपैया खुद नाफा कमाएको छ गत वर्ष सोहि अवधिमा कम्पनीले १५ अर्ब ११ करोड नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा ३.६ प्रतिशतले घटेको छ ।

एनसेलको आम्दानी घटेपनि एनसेलको लगानीकर्ता कम्पनी आजियाटा ग्रुपको आम्दानी र नाफा भने वृद्धि भएको छ । कम्पनीको वार्षिक आम्दानीमा ३.५ प्रतिशतको सुधार देखिएको छ ।

कम्पनीले ३३.५ प्रतिशत नाफा बढाउन सफल भएको छ भने कर योग्य आम्दानी २९ प्रतिशतको वृद्धि देखिएको छ । आम्दानी बढेसँगै कम्पनीले ३ अर्ब ५० करोड मलेशियन रिंगिट कमाएको छ ।

रिपोर्टअनुसार आजियाटासँग ५ अर्ब मलेसियन रिंगिट नगद मौज्दात रहेको छ ।

आजियाटाले विभिन्न मुलुकहरुमा टेलिकम कम्पनीहरु संचालन गरिरहेमध्ये सबैभन्दा बढि नाफा मलेसियाको सेलकमले कमाएको छ ।

सेलकमको आम्दानीमा ३.९ प्रतिशतको वृद्धि भएको छ भने नाफामा ७.९ प्रतिशतको वृद्धि हुँदै ५६ करोड २० लाख मलेसियन रिंगिट कमाएको छ ।

स्रोत माध्यम

easy care

प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार