सामसंगले भारतमा २५ सय नयाँ इन्जिनियरहरु अनुसन्धान तथा विकास केन्द्रका लागि लिने

Technology Khabar १२ मंसिर २०७६, बिहीबार

सामसंगले भारतमा २५ सय नयाँ इन्जिनियरहरु अनुसन्धान तथा विकास केन्द्रका लागि लिने

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली टेलिकम कम्पनी सामसंगले आफ्नो भारतस्थित अनुसन्धान केन्द्रका लागि हजारौं इन्जिनियरहरुलाई रोजगारी दिने भएको छ ।

हालै कम्पनीले भारतमा रहेको आफ्नो अनुसन्धान तथा विकास केन्द्रका लागि २५ सय इन्जिनियहरु नियुक्त गर्ने प्रतिबद्धता जाहेर गरेकोछ ।

कम्पनीले १२ सय भन्दा बढि इन्जिनियरहरु भने भारतका टप इन्स्टिच्यूटहरु आईआईटीएस, बिआईटिएस पिलानीलगायतबाट यो वर्ष रोजागारी दिनेछ । कम्पनीले भारतमा मेक इन इण्डिया प्रडक्टहरुका लागि आविश्कारहरु गर्नका लागि नयाँ इन्जिनियरहरु राख्न लागेको हो ।

कोरियाली टेक कम्पनीले गत वर्ष भारतमा १ हजार इन्जिनियरहरुलाई नियुक्त गरेको थियो जसलाई आर्टिफिसियल इन्टेलिजेन्स(एआई), इन्टरनेट अफ थिंग्स(आईओटी), मसिन लर्निंग(एमएल), बायोमेट्रिक्स, न्याचुरल ल्यांगवेज प्रोसेसिंग, अग्मेन्टेड रियालिटी र नेटवर्कहरुका लागि काम गर्नेछन् ।

सामसंग इण्डियासँग भारतमा तीनवटा अनुसन्धान तथा विकास केन्द्रहरु रहेका छन् । जहाँ करिब ९ हजार मानिसहरु काम गरिरहेका छन् ।

भारतमा भएको केन्द्रहरु सामसंगको दक्षिण कोरियापछिको सबैभन्दा ठूलो केन्द्र हो । एजेन्सी

easy care

प्रकाशित: १२ मंसिर २०७६, बिहीबार

ताजा समाचार