दूरसंचार प्राधिकरणको नेपाल टेलिकमलाई ४ प्रश्न, *अण्डरग्राउण्ड केबलिङको काम कसरी गर्छौ ?

Technology Khabar ८ मंसिर २०७६, आईतवार

दूरसंचार प्राधिकरणको नेपाल टेलिकमलाई ४ प्रश्न, *अण्डरग्राउण्ड केबलिङको काम कसरी गर्छौ ?

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै अण्डरग्राउण्ड केबलिङको काम नेपाल टेलिकमलाई जिम्मा दिँदै विभिन्न जानकारीहरु र कामको मोडालिटीको बारेमा स्पष्ट पार्न भनेको छ ।

टेलिकमलाई प्राधिकरणले पठाएको पत्रमा सरकारी निर्णयअनुसार टेलिकमलाई दिईएको काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुको तारहरुलाई अण्डरग्राउण्ड गरेर व्यवस्थित गर्नुपर्ने छ ।

सो कामको जिम्मा दिनुभन्दा अगाडि टेलिकमसँग प्राधिकरणले मूख्य चार विषयहरुमा स्पष्ट पार्न भनेको हो ।

प्राधिकरणले टेलिकमलाई पत्र पठाउँदै सो अण्डरग्राउण्ड केबलिङ निर्माण पछि हुने शेयरिंग मोडालिटीको बारेमा जानकारी दिन भनेको छ ।

त्यस्तै यदि सो अण्डरग्राउण्ड केबलिङ अन्य कम्पनीहरुलाई लीजमा दिनको लागि आवश्यक लीजिङ्ग मोडालिटी उपलब्ध गराउनुपर्नेछ ।
त्यसैगरि सो अण्डरग्राउण्ड केबलिङमा अप्टिकल फाइबरको अपरेशन मोडालिटी र यूटिलिटी मोडालिटीको बारेमा समेत जानकारी दिनका लागि भनेको छ ।

प्राधिकरणले समय नतोकि पठाएको सो पत्रमा उल्लेखिच चार मोडालिटीहरुको बारेमा जानकारी बिस्तृतमा गराउने भनेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

टेलिकमले चारवटा मोडालिटीको जवाफ दिनुपर्ने

शेयरिंग मोडालिटी

लीजिङ्ग मोडालिटी

अपरेशन मोडालिटी

यूटिलिटी मोडालिटी

सो मोडालिटीको बारेमा टेलिकमबाट विस्तृत जवाफ आएपछि मात्रै कसरी सो अण्डरग्राउण्ड केबलिङको काम हुनेछ भन्ने स्पष्ट हुने बताईएको छ । सोहि जवाफको आधारमा प्राधिकरणले थप निर्देशनसहित टेलिकमलाई सो काम दिनेछ ।

पछि मन्त्रिपरिषदले निर्णय गर्दै सो कामको जिम्मा नेपाल टेलिकमलाई दिन दूरसंचार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सो अण्डरग्राउण्ड केबलिङको कार्य नेपाल टेलिकमलाई दिन लागिएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विरोध जनाएका थिए ।

कुन कुन स्थानमा गर्नेछ अण्डरग्राउण्ड केबलिङको काम ?

एयरपोर्ट- तिनकुने कलंकी
एयरपोर्ट -जोरपाटी
चाबहिल -चक्रपथ
त्रिपुरेश्वर -महाराजगंज
सिंहदरबार -बालुवाटार -सितल निवास
सिंहदरबार -थापागाउँ -बानेश्वर
नयाँ बानेश्वर -गौशाला
थापाथली -भैंसेपाटी -मन्त्री निवास
अनामनगर
भद्रकाली -दरबारमार्ग
गौशाला -कमलपोखरी
तिनकुने -सुर्यबिनायक
न्यूरोड -बसन्तपुर
सिनामंगल -पुतलीसडक
पुल्चोक -कृष्णमन्दिर

*यसअघिको समाचारमा स्मार्ट टेलिकमको नाम तथा अन्य फरक विषयवस्तु जोडिएकोमा क्षमाप्रार्थी छौं । भूल सुधारसहित सो समाचार र *समाचार शिर्षक सम्पादन गरिएको छ । सम्पादक

easy care

प्रकाशित: ८ मंसिर २०७६, आईतवार

ताजा समाचार