आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स आजदेखि नेपाली बजारमा

Technology Khabar ६ मंसिर २०७६, शुक्रबार

आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स आजदेखि नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा आइफोन ११ सिरिज लन्च गरेको छ ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र बितरक जेननेक्स्टले आज मंसिर ६ गते शुक्रबारदेखि बजारमा आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको विभिन्न भर्सनहरु उपलब्ध गराएको हो ।

आइफोन ११ को मूल्य

नेपाली बजार मूल्यअनुसार सबैभन्दा सस्तो भनिएको आइफोन ११ को ६४जीबी स्टोरेजको मूल्य १ लाख १० हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । आइफोन ११ को १२८ जीबीको मूल्य १ लाख १८ हजार ३०० रुपैयाँ र २५६ जीबी स्टोरेजको मूल्य १ लाख ३४ हजार तोकिएको छ ।

आइफोन ११ प्रोको मूल्य

आइफोन ११ प्रोको ६४ जीबी स्टोरेजको मूल्य नेपाली बजारमा १ लाख ५७ हजार २५० रुपैयाँ छ भने २५६ जीबी स्टोरेजको मूल्य १ लाख ८० हजार ९०० रुपैयाँ तोकिएको छ । आइफोन ११ प्रो ५१२ जीबी स्टोरेजको मूल्य भने २ लाख ११ हजार ८०० रुपैयाँ तोकिएको छ ।

आइफोन ११ प्रो म्याक्सको मूल्य

यसैगरि आइफोन ११ प्रो म्याक्सको ६४ जीबी स्टोरेजको मूल्य १ लाख ७२ हजार ८०० रुपैयाँ तोकिएको छ भने २५६ जीबी स्टोरेज अप्सनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँ रहेको छ । आइफोन ११ प्रो म्याक्सको ५१२ जीबी स्टोरेजको मूल्य भने सबैभन्दा २ लाख २७ हजार ४०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

नयाँ आइफोन ११ सिरिजका कुनैपनि भर्सन किन्ने ग्राहकहरुलाई कम्पनीले निशुल्करुपमा एनसेलको प्रति साता १००० एमबी डाटा १२ हप्तासम्म उपलब्ध गराउने छ भने पहिलो २०० ग्राहकहरुलाई बेलकिनको १० वाट वायरलेस चार्जर सित्तैमा दिनेछ ।

यसबाहेक कम्पनीले आइफोन ११ सिरिजमा स्क्र्याच एण्ड वीन अफर समेत ल्याएको छ । जसअन्तरगत ग्राहकहरुले स्कूटर, ल्यापटपलगायतका विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।

नेपाली बजारमा आधिकारिक डिलरहरु इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर , मोबाइल ट्रोन, फ्युचर टेक ट्रेड, एस आर इम्पेक्समा आइफोन ११ सिरिज किन्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो पनि हेर्नुस्-

नयाँ आइफोन किन्ने योजनामा हुनुहुन्छ ? ८ हजार ७ सय रुपैयाँ मासिकमा नै पाईन्छ आइफोन ११

easy care

प्रकाशित: ६ मंसिर २०७६, शुक्रबार